काठमाडौँ । आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेव बुधबार विशेष चार्टर उडानमार्फत नेपाल आइपुगेका छन्। उनी नयाँ दिल्लीबाट यती एअरलाइन्सको विशेष चार्टर उडानमार्फत नेपाल आएका हुन्।
सद्गुरुको नेपाल आगमनका लागि यती एअरलाइन्सको एटीआर विमान बुधबार नै नयाँ दिल्ली पुगेको थियो। हरेक वर्ष नेपाल भ्रमणका क्रममा सद्गुरुले यती एअरलाइन्सको चार्टर सेवा प्रयोग गर्दै आएका छन्। यस वर्ष पनि उनको नेपाल आगमनका लागि यती एअरलाइन्सले विशेष उडान सञ्चालन गरेको हो।
सद्गुरुको नेपाल भ्रमणलाई उनका अनुयायी तथा आध्यात्मिक क्षेत्रका व्यक्तिहरूले चासोका साथ हेरेका छन्। नेपालमा रहँदा उनले विभिन्न आध्यात्मिक कार्यक्रम तथा गतिविधिमा सहभागिता जनाउने कार्यक्रम रहेको बताइएको छ।
यती एअरलाइन्सले नियमित यात्रु सेवासँगै आवश्यकता र मागअनुसार विशेष तथा चार्टर उडानसमेत सञ्चालन गर्दै आएको छ। कम्पनीले देश तथा विदेशका विभिन्न गन्तव्यमा विशेष व्यक्तित्व, संस्थागत तथा समूहगत यात्राका लागि चार्टर उडान सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।







Discussion about this post