Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

संस्मरण : जागुनमा साहित्य- संस्कृति समारोह

himalaya Diary News Service by himalaya Diary News Service
May 11, 2022
in Literary Festival & Event, Literature, Nepal
0
संस्मरण : जागुनमा साहित्य- संस्कृति समारोह
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

 

गत अङ्ग्रेजी 23, 24 अप्रिलका दिन असमको तीनसुकीया जिल्लाको उदयपुर रङ्गमञ्च, जागुनमा नेपाली साहित्य विकास समिति, तिरापको सौजन्यमा र अनेसास, आग्सु एवम् भागोपको सहयोगमा दुई दिवसीय कार्यसूची लिएर ‘ साहित्य संस्कृति समारोह-2022’ सम्पन्न भयो। कार्यक्रमको पहिलो दिनको कार्यसूची असममा प्रतिष्ठा गरिएको प्रथम भानुभक्तको प्रतिमूर्ति र आहोम सेनापति लाचित बरफुकनको प्रतिमूर्ति स्थलमा दीप प्रज्वलन गरियो। त्यसपछि नेपाली काव्य विधामा हालै समावेश भएको काव्य उपविधा “रम्बास कविता” माथि चर्चा परिचर्चा चल्नुको साथै यस काव्य विधाको सैद्धान्तिक पक्ष बारे कार्यक्रमका विशिष्ट अतिथि तथा भारतीय नेपाली साहित्यका प्रसिद्ध कवि डा. सुकराज दियाली र साहित्यिक समालोचक दीपक सुवेदीले विस्तृत व्याख्या गर्नु भयो। यसै कार्यक्रममा वरिष्ठ साहित्यिक युद्धवीर राणा, आन्सुका प्रतिष्ठापक सभापति विनोद खनाल, वरिष्ठ साहित्यिक भीम धमाला, मुकेश रेग्मी, पूर्वोदय पत्रिकाका सम्पादक कुमार पोख्रेल, असमिया भाषाका कवि अतुल चन्द्र शर्मा,प्राध्यापक(भूपू) देवीचरण सेडाइँ, खडानन्द शर्मा दुलाल, पुरुषोत्तम उपाध्याय दाहाल, अनेसासका उपसभापति भीम महाराजी र कृष्णलाल शर्मा, बाल साहित्य एकाडेमी पुरस्कार प्रापक दार्जिलिङका सुदर्शन अम्बाटे, हाम्रो चिन्हारी (पूर्वोत्तर)का सभापति डा. विष्णु भण्डारी, नाटककार भरत गुरागाँइ, प्रख्यात नृत्यकार मनजित गजुरेल लगायत अनेकौँ व्यक्तिको उपस्थितिमा जम्मा 13 वटा पुस्तक लोकार्पण हुन्छ जसमध्ये अन्तर्राष्ट्रिय रम्बास कविको कविता सङ्कलन ‘वरपिपल’, डा. जगन्नाथ उपाध्याय, अर्जुन उप्रेती, गिरिधारी उपाध्याय र सिक्किमकि गीताश्री शर्माको एकल रम्बास कविता सङ्कलन, पुरुषोत्तम दाहालको गद्यकविता, रेवतीरमण सापकोटाको वनस्पति कथायात्रा, दीपक सुवेदीको अन्तर्वार्ता सङ्कलन र भीम धमालाको अनुदित असमिया पुस्तक सामेल छन् । खिलनाथ शर्मा अधिकारी द्वारा सम्पादित समितिको स्मृतिग्रन्थ ‘जमर्को’ पनि विमोचन भएको थियो। त्यहीदिन साँझ हरिभक्त कटुवाल शिक्षक भएको समयमा बसोबास गरेको र थुप्रै कालजयी कविता सिर्जना गरेको घरभेटीमा दीप प्रज्वलनको कार्यसूची राखिएको थियो। रम्बास कविता बारे महत्त्वपूर्ण कुरा के छ भने कविताको यो उपविधा असमको भूमिबाट उपज भएको र अति छोटो समयमा यो विधा भारतमा मात्रै नभएर नेपाल, बर्मा लगायत अन्य विभिन्न देशमा मौलाएको छ। यसको श्रेय मिलन बोहोरालाई जान्छ। 24 अप्रिलका दिन असमेली मुक्तक मञ्चको सहयोगमा आयोजक समितिले रमाइलो मुक्तक माहोल, पुरस्कार प्रदान तथा मुक्तककार अनुप शर्माको मुक्तक कृति ‘प्रतीक्षा’ लोकार्पण कार्यक्रमको आयोजना गर्छ। मुक्तक माहौल कार्यक्रमका सभाध्यक्ष रहनु भएको थियो अवकाशप्राप्त प्राध्यापक देवीचरण सेडाइँ। यस अवसरमा नेपालका मुक्तककार मदन भण्डारी र सन्तोष आमगाईको उपस्थितिमा भएको कार्यक्रममा असम, दार्जिलिङ, सिक्किम र नेपालदेखि जम्मा 25 जना मुक्तककारका मुक्तकले त्यहाँको परिवेश मुक्तकमय बनाएको थियो। असमको नेपाली साहित्य विकासमा यो कार्यक्रमको सुदुरप्रसारी प्रभाव अवश्य नै पर्नेछ।

 

मिलन बोहोरा

विश्वनाथ, असम

Advertisement Banner
Previous Post

 ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’ सिटौला र उपाध्यायलाई

Next Post

Asia-Pacific leaders convene to set a common agenda for advancing sustainable development amidst crises

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Asia-Pacific leaders convene to set a common agenda for advancing sustainable development amidst crises

Asia-Pacific leaders convene to set a common agenda for advancing sustainable development amidst crises

Recommended

सन् २०२५ को सबभन्दा धेरै कमाउने भारतीय फिल्म ‘धुरन्धर’ बन्यो

सन् २०२५ को सबभन्दा धेरै कमाउने भारतीय फिल्म ‘धुरन्धर’ बन्यो

8 months ago
World’s Highest Weather Station Installed On Mount Everest

World’s Highest Weather Station Installed On Mount Everest

4 years ago

Don't Miss

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
NA session endorses special motion on Bhotekoshi disaster

NA session endorses special motion on Bhotekoshi disaster

September 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.