रंगशालामा शनिबार हुने भनिएको सलमानको कार्यक्रम स्थगित

काठमाडौँ — भारतका चर्चित अभिनेता सलमान खानलगायतका कलाकारको उपस्थितिमा दशरथ रंगशालामा शनिबार हुने भनिएको सांगीतिक कार्यक्रम स्थगन गरिएको छ । कार्यक्रमका आयोजक ओडीसी इन्टरटेन्टमेन्ट प्रालिका प्रबन्ध निर्देशक सिमान्त गुरुङका अनुसार स्थानीय तह चुनावका कारण टिकट बिक्रीमा परेको प्रभाव र वर्षात्‌का कारण हाललाई कार्यक्रम स्थगन गरिएको हो ।
भारतीय कलाकारहरुसँग छलफल गरेर अर्को मिति चाँडै तय गरिने आयोजकले जनाएको छ । कलाकारलाई पारिश्रिमक, लाइट, साउन्ड, स्टेजलगायतको खर्चमा नेपाली आयोजकले हालसम्म कम्तिमा ५ करोड रुपैयाँ खर्च भइसकेको जनाएको छ । कार्यक्रममा बलिउडका अभिनेता सलमान खानसहितका एक दर्जन कलाकार नेपाल आउने सम्झौता भएको थियो ।

 

Comments are closed.