समाजवादी मोर्चाले काठमाडौंमा आज बृहत् अन्तरक्रिया गर्दै

काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाले काठमाडौंमा आज बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने भएकाे छ

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सम्मिलित मोर्चाले काठमाडौंमा सभा गर्न लागेकाे हाे ।

माेर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवको सचिवालयका अनुसार नेपाली विशेषताको समाजवाद निर्माण सम्बन्धी विषयमा अन्तर्क्रिया हुनेछ ।

कार्यक्रममा माेर्चामा नरहेकाे सत्तारुढ नेकपा एमालेसहित मोर्चाका नेता तथा कार्यकर्ता र समाजवादी विचारमा आबद्ध सबै दलहरूलाई बोलाइएको छ । मोर्चाको प्रतिनिधित्व गर्ने चार वटै दलका अध्यक्षलगायत शीर्ष नेताहरूले कार्यक्रमलाई सम्बोधन गर्ने बताइएकाे छ ।

Comments are closed.