सन्दीपको अन्तर्राष्ट्रिय बलिङ्ग वरीयतामा पाँच स्थान सुधार

काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेको अन्तर्राष्ट्रिय बलिङ्ग वरीयता सुधार भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको वरीयतामा सन्दीप पाँच स्थान सुधार गर्दै २४ औं स्थानमा उक्लिएका छन् । यसअघि सार्वजनिक वरीयतामा सन्दीप २९ औं स्थानमा रहेका थिए ।

बलिङ्गतर्फ नै नेपाली टोलीका दिपेन्द्र सिंह ऐरी तीन स्थान तल झर्दै ६२ औँ स्थानमा रहँदा सोमपाल कामी ७४ औँ स्थानबाट ७८ औँ स्थानमा झर्दा करण केसी ९२ औँ स्थानबाट ८५ औँ स्थानमा उक्लिएका छन् ।

यस्तै ललित राजवंशी ९५ औँ स्थानबाट ९८ औँ स्थानमा झरेका छन् ।

नयाँ वरीयताको ब्याटिङ्गतर्फ कप्तान रोहित पौडेल ७० औँ स्थानबाट ७३ औँ स्थान तथा आशिफ शेख ७२ औँ स्थानबाट ७७ औँ स्थानमा झरेका छन् ।

नयाँ वरीयताको ब्याटिङ्गतर्फ शिर्ष स्थानमा पाकिस्तानका बाबर आजम र बलिङ्गतर्फको शिर्ष स्थानमा अष्ट्रेलियाका जोश हेजलवुड रहेका छन् ।

 

Comments are closed.