आगामी चैत्र ७ देखि ११ गतेसम्म काठमाडौंमा आयोजना हुने आठौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)मा राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत चलचित्र ‘सानो संसार’छनिएको आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ।
७० देशका ६०० भन्दा बढी चलचित्रमध्येबाट माघ २ गते ४० देशका ८७ चलचित्र महोत्सवका लागि छानिएको आयोजकले सार्वजनिक गरेको थियो। प्रतिस्पर्धामा छानिएको चलचित्र ‘भुठान’का निर्माताहरुले सबैलाई जानकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि सो चलचित्रलाई महोत्सवबाट हटाइएको थियो।
उक्त चलचित्रलाई हटाएपछि त्यसको सट्टामा अर्को चलचित्रलाई समावेश गर्न सकिने हुनाले इच्छुक चलचित्रकर्मीहरुलाई आवेदनको लागि आयोजकले सामाजिक सञ्जालमार्फत आह्वान गरेको थियो।
त्यसपछि प्राप्त चलचित्रहरुमध्येबाट ‘सानो संसार’ छानिएको आयोजकले जनाएको छ।
Comments are closed.