Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Business

सर्वोत्कृष्ट करदाता नेपाल उद्योग परिसंघबाट सम्मानित

himalaya Diary News Service by himalaya Diary News Service
December 18, 2025
in Business
0
सर्वोत्कृष्ट करदाता नेपाल उद्योग परिसंघबाट सम्मानित
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

नेपाल उद्योग परिसंघले सर्वोत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नेपाल सरकारबाट सम्मानित उच्च करदाताहरुलाई परिसंघले सम्मान गरेको हो । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो । सोही उच्च करदाताहरुलाई निजी क्षेत्रकोतर्फबाट परिसंघले सम्मान गरेको हो ।
राष्ट्रिय कर दिवस २०८२ को अवसरमा बस्तु निर्यातको कारोबार गर्ने मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने डावर नेपाल प्रा.लि., विशेष उद्योगहरु मध्ये सबै भन्दा बढी आयकर दाखिला गर्ने युनिलिभर नेपाल लिमिटेड, पर्यटन व्यवसाय मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने सोल्टी होटेल लिमिटेड, वस्तु व्यापारको कारोबार गर्ने मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रा.लि., उर्जामुलक उद्योग मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने भोटेकोशी पावर कम्पनी प्रा.लिलाई परिसंघले सम्मान गरेको छ ।
यस्तै कृषि एवम् पशुपंक्षीजन्य उद्योगहरु मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने पोषक ब्रिडर फार्म प्रा.लि., सुचना प्रविधि सम्बन्धि सेवा निर्यातको कारोबार गर्ने मध्येबाट  सबै भन्दा बढी आयकर दाखिला गर्ने भेरिस्क नेपाल प्रा.लि., एकलौटी फर्महरु मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने थर्ड आई इन्टरनेशनल, बैंक बितिय संस्था र बिमाको कारोबार गर्ने मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि., स्वास्थ्य तथा शैक्षिक संस्थाहरु मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल परिसंघबाट सम्मानित भएका छन् ।
यसैगरी रेमिटेन्स तथा मनि ट्रान्सफरको कारोबार गर्ने मध्येबाट  सबै भन्दा बढी आयकर दाखिला गर्ने आईएमई लिमिटेड, निकायहरु मध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने नेपाल दूरसंचार प्राधिकरण, वार्षिक कारोवार रकम रु. ५० करोडभन्दा बढी रु. १०० करोडसम्म कारोवार गर्ने कारदाताहरु मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने सि.डि.एस.एण्ड क्लियरिङ लि., बार्षिक कारोबार रकम रु ५० करोड सम्म कारोबार गर्ने करदाताहरु मध्ये सबै भन्दा बढी आयकर दाखिला गर्ने भि.एफ. सर्भिसेज (मोरिसस) प्रा.लि., वि.स.२०७६ श्रावण देखि २०८२ असार मसान्त सम्मको कर अवधिमा मुल्य अभिबृद्धि कर विवरण र सो अवधिको कर समयमै दाखिला गरि नियमित कर सहभागिता जनाएका करदाता मध्ये सबै भन्दा बढी मुल्य अभिबृद्धि कर दाखिला गर्ने नेपाल दूरसंचार कम्पनी लिमिटेड र व्यक्तिगत करदाता मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने जावलाखेल गु्रप अफ इन्डष्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाहलाई परिसंघले सम्मान गरेको हो । शाह परिसंघका उपाध्यक्ष समेत हुनुहुन्छ ।
आज मंगलबार सीएनआई सचिवालयमा आयोजित सम्मान कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सर्वोत्कृष्ट करदाताहरुलाई सम्मान गर्नुभयो । सो अवसरमा उहाँले सर्वोत्कृष्ट करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धी मात्रै नभएर राज्यप्रति महत्वपूर्ण योगदान समेत भएको बताउनुभयो । उच्च करदाताको रुपमा राज्यलाई गरेको योगदानको कदर गर्दै परिसंघले पनि सम्मान गरेको उहाँले बताउनुभयो ।
उच्च करदाता सम्मान कार्यक्रममा परिसंघका उपाध्यक्षहरु राज बहादुर शाह, हेम राज ढकाल, अमित मोर, गभर्निङ्ग काउन्सिल सदस्य विजय शाह, राजश्व समिति सभापति गोपाल कुमार अग्रवाल, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागि हुनुहुन्थ्यो ।

Advertisement Banner
Previous Post

Business leaders and experts have stressed the urgency of procedural reforms to boost Foreign Direct Investment (FDI) in Nepal

Next Post

Nepal Cabinet allows carrying INR 200 and 500 notes up to Rs 25,000

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
सरकारद्वारा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन

Nepal Cabinet allows carrying INR 200 and 500 notes up to Rs 25,000

Recommended

Stand Up For Ukraine: €9.1 billion pledged in support of internally displaced and refugees

European Commission approves €20 billion German scheme to support companies in context of Russia’s invasion of Ukraine

4 years ago
MCA-Nepal Launches Construction of New Butwal Substation, 18km Transmission Line

MCA-Nepal Launches Construction of New Butwal Substation, 18km Transmission Line

10 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.