बुजुम्बुरा । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सुडानमा जारी हिंसा तत्काल अन्त्य गर्न आह्वान गरेका छन् । महासचिव गुटेर्रेसले बुरुन्डीको आर्थिक केन्द्र बुजुम्बुरामा शुक्रबार बुरुन्डीका राष्ट्रपति इभारिस्टे नदायिशिमिएसँग भेटवार्ता गरेपछि सुडानमा जारी हिंसा तत्काल अन्त्य गर्न आह्वान गरेका हुन् ।
प्रजातान्त्रिक गणतन्त्र कङ्गो र यस क्षेत्रमा शान्ति, सुरक्षा र सहयोगका लागि ‘अदिस अबाबा फ्रेमवर्क’ सम्झौतासम्बन्धी क्षेत्रीय पर्यवेक्षण संयन्त्रका राष्ट्रप्रमुखहरूको ११औँ शिखर सम्मेलनका क्रममा गुटेर्रेसले बुरुन्डीका राष्ट्रपतिलाई भेटेका हुन् ।
गुटेर्रेसले भने, “हामी सुडानमा अहिले भइरहेको शत्रुता तत्काल अन्त्य गर्न आग्रह गर्दछौं । उनले सुडानी सङ्कट समाधानका लागि क्षेत्रीय व्यापार समूह ‘इन्टरगभर्नमेन्टल अथोरिटी अन डेभलपमेन्ट (आईजीएडी)’ ले गरेको मध्यस्थता प्रयासको प्रशंसा गरे । गुटेर्रेसले पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)को अवस्था पनि चिन्ताजनक रहेको भन्दै समाधानका लागि विश्व समुदाय आ–आफ्नो स्थानबाट लाग्नुपर्ने बताए ।-(रासस
Comments are closed.