Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Education

असार मसान्तसम्ममा एसईईको नतिजा प्रकाशन गर्ने तयारी

Editorial Team by Editorial Team
June 23, 2022
in Education, Nepal
0
असार  मसान्तसम्ममा एसईईको नतिजा प्रकाशन गर्ने तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आषाढ ८,

२०७८ सालको एसईईका उत्तरपुस्तिकालाई सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा ल्याउने काम सुरु भएको छ । हालसम्म देशका २५ उत्तरपुस्तिका परीक्षण केन्द्रका परीक्षण भइसकेका उत्तरपुस्तिका ल्याइसकिएको छ ।

परिक्षा नियन्त्रण कार्यालयका अनुसार ३६ जिल्लाका उत्तरपुस्तिका आइसकेको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले इतिहासमै पहिलो पटक सबैभन्दा कम समयमा नतिजा सार्वजनिक गरिने बताए । उनले असार मसान्तसम्ममा नतिजा सार्वजनिक गरिसक्ने बताए ।गत वर्षको एसईई गत वैशाख २० गते सकिएको थियो ।

स्थानीय तहको निर्वाचनका कारण गत जेठ ५ गतेबाट उत्तरपुस्तिका परीक्षण थालिएको थियो । निर्वाचनमा कर्मचारी तथा शिक्षक खटिएका कारण परीक्षा सकिए लगत्तै उत्तरपुस्तिका परीक्षण कार्य अगाडि बढ्न सकेको थिएन ।

परीक्षा सञ्चालनसम्बन्धी निर्देशिकामा परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । “स्थानीय तहको निर्वाचनलाई गणना नगर्ने हो भने दुई महिनाभित्र नतिजा सार्वजनिक गरिसक्नेछौँ । यति कम समयमा इतिहासमा कहिल्यै नतिजा सार्वजनिक भएन” उनले भने ।कोभिड–१९ का कारण दुई वर्ष परीक्षा सम्पन्न हुन सकेन । कोरोना सङ्क्रमणको अवस्था कम भइसकेपछि पहिलो पटक भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गरिएको थियो ।देशभरिका दुई हजार सात परीक्षा केन्द्रमा पाँच लाख १४ हजार ९७७ परीक्षार्थी एसईईमा सम्मिलित भएका थिए ।

Advertisement Banner
Previous Post

राष्ट्रिय कविता महोत्सवमा २०७९ टीका आत्रेय प्रथम

Next Post

बालबालिकालाई कोभिड १९ विरुद्ध खोप अभियान असार ९ गतेदेखि सञ्चालन गरिने

Editorial Team

Editorial Team

Next Post
बालबालिकालाई कोभिड १९ विरुद्ध खोप अभियान असार ९ गतेदेखि सञ्चालन गरिने

बालबालिकालाई कोभिड १९ विरुद्ध खोप अभियान असार ९ गतेदेखि सञ्चालन गरिने

Recommended

जेनजी आन्दोलनकारी, शहीद परिवार र घाइतेसँग प्रधानमन्त्रीको छलफल

जेनजी आन्दोलनकारी, शहीद परिवार र घाइतेसँग प्रधानमन्त्रीको छलफल

4 months ago
संगीतकार दीपक जंगम पुरस्कृत

संगीतकार दीपक जंगम पुरस्कृत

4 years ago

Don't Miss

Nepal Eases Entry Fee Rules for Upper Mustang Tourists

Mustang allocates Rs 23 million for tourism development

March 25, 2026
Bird flu outbreak puts Jhapa and Morang on high alert

Bird flu outbreak puts Jhapa and Morang on high alert

March 25, 2026
Rs 133.5 million collected in govt fund for restoration after Gen Z movement

Nepal: Ministries told to submit budget plans by March 29

March 25, 2026
NEPSE jumps 42 points as turnover crosses Rs 11.85 billion

NEPSE extends gains with 23.83-point rise

March 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.