कास्की । पच्चीस मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ । आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’ को काम पूरा भएसँगै व्यापारिक उत्पादन थालिएको हो ।
आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह भइसकेको प्रवर्द्धक कम्पनीका कार्यकारी अध्यक्ष जगबहादुर पोखरेलले बताए । आयोजनाबाट उत्पादित बिजुली माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकस्थित प्राधिकरणको सबस्टेशनमा जोडिएको छ । आयोजनामा रु पाँच अर्ब बढी लगानी भएको छ ।
सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावरहाउसमा त्यसलाई खसालेर विद्युत् उत्पादन गरिएको हो । आयोजना जलप्रवाहमा आधारित छ ।
Trending Now
- Former Russian President Medvedev Visits China
- कतारको राष्ट्रिय दिवसमा उपराष्ट्रपति यादवको सहभागीता
- कांग्रेसद्वारा दश भ्रातृ संस्थाको महाधिवेशन गर्न निर्देशन समिति गठन
- अनेरास्ववियूद्वारा विद्यार्थी नेता धामीको स्मृतिमा ५१ हजार राशिको पुरस्कार घोषणा
- South Korea’s president said – I will continue to fight until the end
- Barcelona’s thrilling win over Dortmund inspired by Torres
- एचआईभीविरुद्धको खोप बनाए वैज्ञानिकले , ९६ प्रतिशतसम्म प्रभावकारी
- Nepal, ADB sign Rs 21.23 billion support agreement for 2 projects
- रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयाे
- प्रधानमन्त्री ओली तेह्रथुमकाे आठराई-४ ईवा स्थित जन्मघरमा
Comments are closed.