स्वामी रामदेव र पतञ्जलि योगपीठ ट्रष्टले योग शिविर आयोजना गर्दा  ‘सेवाकर’ तिर्नुपर्ने

काठमाडौं—  योग गुरु रामदेवका  योग शिविरहरू पनि सेवा करको दायरामा परेका छन्। सर्वोच्च अदालतको फैसलापछि अब स्वामी रामदेव र पतञ्जलि योगपीठ ट्रष्टले योग शिविर आयोजना गर्दा  ‘सेवाकर’ तिर्नुपर्ने भएको छ।

सर्वोच्च अदालतमा १९ अप्रिलमा सुनुवाइका क्रममा न्यायाधीश अभय एम ओक र न्यायाधीश उज्ज्वल भुइँयाको इजलासले भन्सार, अन्तःशुल्क, सेवा कर पुनरावेदन न्यायधिकरण (सेस्टाट) को फैसला सदर गरेको थियो। न्यूज एजेन्सी पीटीआईका अनुसार ट्राइब्युनलले पतञ्जलि योगपीठ ट्रस्टलाई आवासीय र गैर आवासीय योग शिविरहरू आयोजना गर्न सेवा कर तिर्न आवश्यक रहेको जनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

Comments are closed.