अनमोलको फिल्म ‘फर्की फर्की’को ट्रेलरले दर्शकबाट उत्साहप्रद समर्थन

काठमाडौं— गत बिहीबार सार्वजनिक युवा स्टार अनमोल केसीको अभिनय रहेको फिल्म ‘फर्की फर्की’ ट्रेलरले दर्शकबाट उत्साहप्रद समर्थन पाएको छ। कुनै पनि नेपाली फिल्मको ट्रेलरलाई १ दिनमै १० लाख बढि पटक हेरिएको रेकर्ड राखेको यो फिल्मको ट्रेलरले दुई दिनमै २२ लाख (२ मिलियन) बढि पटक हेरिएको किर्तिमान पनि राखेको छ।

ट्रेलरलाई हालसम्म युट्युबमा २२ लाख बढि पटक हेरिँदा ४६ हजार बढि लाइक प्राप्त छ भने झण्डै ६ हजार प्रतिक्रिया प्राप्त छन्। झण्डै सय प्रतिशतको आसपासमा सकारात्मक प्रतिक्रिया पाएको ट्रेलरले अनमोलको स्टारडम र नेपाली फिल्मको ‘हिरोइज्म’ लाई कायम राख्न सफल देखिन्छ। अधिकांश प्रतिक्रियामा दर्शकले अनमोल लभर ब्वाइको रूपमा ब्याक भएकोमा स्वागत गरेका छन् भने उनको नयाँ फिल्म छिटो हेर्न आतुर रहेको प्रतिक्रिया उत्तिकै व्यक्त छन्। ट्रेलरमा जोडिएको अनमोल र अभिनेत्री जसिता गुरुङको प्रेम प्रसङ्ग र नेपाली फिल्ममा पहिलोपटक देखाउन खोजिएको ‘टाइम लुप’ लाई दर्शकले व्यग्र प्रतीक्षा गरेको संकेत ट्रेलरमा प्राप्त प्रतिक्रियाबाट बुझिन्छ।

Comments are closed.