Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

शब्दालयको दामली अक्षर पोखरामा लोकार्पण

Editorial Team by Editorial Team
February 16, 2026
in Book Releases, Literature, Nepal, News
0
शब्दालयको दामली अक्षर पोखरामा लोकार्पण
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ--शब्दालय, पोखराको शुभारम्भ प्रकाशन तथा आयोजनामा आयोजित संयुक्त कृति दामली अक्षरको लोकार्पण एक समारोहका बिच सम्पन्न भएको छ।

प्रणय दिवसकाे अवसर पारेर गरिएको कार्यक्रममा दामली अक्षरका स्रष्टाहरू लक्ष्मण थापा, डा. ईश्वरमणि अधिकारी, दीपक समीप र जीवन सागर भण्डारीका धर्मपत्नीहरू क्रमश: मैंया थापा, रीता अधिकारी ऋतु, शर्मिला श्रेष्ठ र मञ्जु भण्डारीले पुस्तकको लोकार्पण गरेका हुन्।

कार्यक्रममा साहित्यकारहरू सरुभक्त, तीर्थ श्रेष्ठ र रमेश श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए।
शुभकामना दिने क्रममा बिम्ब कवि रमेश श्रेष्ठले अक्षरको शक्ति र सौन्दर्यको महिमासहित दामली अक्षरको सफलताको शुभेच्छा व्यक्त गरे।
सोही क्रममा साहित्यकार तीर्थ श्रेष्ठले नेपाली मुक्तक लेखन तथा वाचनमा पोखराको महत्त्वपूर्ण स्थान रहेको प्रसङ्ग कोट्याउँदै त्यसैको विरासतमा उभिएका अहिलका पोखराका अत्यन्त प्रभावशाली कवि, साहित्यकारहरूको यो सहकार्यले नेपाली मुक्तक र समग्र काव्य तथा साहित्यिक फाँट सिञ्चित हुने विश्वास व्यक्त गरे।
शुभकामना राख्ने क्रममै साहित्यकार सरूभक्तले नेपाली तथा विश्व साहित्यमा संयुक्त कृति प्रकाशनको परम्परा र इतिहासको समेत चर्चा गर्दै दामली अक्षर र शब्दालय, पोखराको सफलताको कामना व्यक्त गर्दै नेपाली साहित्यमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने पोखराका चार स्रष्टालाई यसरी एउटै कृतिमा भेटिनु नेपाली मुक्तकमा पोखरेली अनुहारको सुन्दर प्रतिनिधित्व भएको धारणा व्यक्त गरे।
कार्यक्रममा स्रष्टाहरूका तर्फबाट आफ्ना केही मुक्तक सहित डा. ईश्वरमणि अधिकारीले शब्द देखिँदा सूक्ष्म देखिए पनि यो आफैँमा एक प्रकाश, सौन्दर्य र शक्ति भएको र एक आपसमा माया, प्रेम, इच्छा, आकाङ्क्षा, आशङ्का, आशक्ति तथा मानवीय चेतना साथै अनुभूति अभिव्यक्त गर्न इसारा मात्र काफी नभएकोले अक्षर हुँदै शब्द जन्मिएको धारणा राख्दै दामली अक्षर पनि त्यही मानवीय संवेदनाहरूको समष्टिगत स्वरूप रहेको विचार व्यक्त गरे।
यसलाई उनले गहिरो चेतन प्रवाह हो भने साथै आफूहरू त्यही चेतनप्रवाह जीवन्त राख्न शब्दालयमार्फत दामली अक्षरका रुपमा साक्षी बस्न लागिपरेको धारणा राखे।
त्यसै गरी पुस्तकका सर्जकहरू लक्ष्मण थापाले संसारका आम मान्छेहरू जस्तै आफू पनि अपूर्ण र यात्रारत रहेको बताउँदै पूर्णता स्वभावैले मोक्ष जस्तै भएको र त्यसैका लागि अक्षरहरूको आराधना गरिरहने बताए।
त्यस्तैगरी अर्का दामली दीपक समीपले स्पष्टता, सघनता, सूक्ष्मता, भावको तीक्ष्णता, अनूभूतिको तीव्रता र आफैँमा सम्पूर्णता मुक्तकका केही सौन्दर्य भएको र दामली अक्षरका मुक्तकहरूमा त्यसतर्फ सतर्कता र सजगता अपनाइएको बताए।
त्यस्तैगरी स्रष्टा जीवन सागर भण्डारीले पनि लेखन तथा प्रकाशन दौरानका सन्दर्भहरू सुनाउँदै अब दामली अक्षर सबै दामली तथा शुभेच्छुकहरूको भएको र शब्दालय पोखराले अक्षर र शब्दहरू प्रेम गरेर सदा उज्यालोको आराधना गर्ने र गरिरहने धारणा राखे। अब शब्दालय आफूहरूको मात्र नभै सबै अक्षरजीवीको साझा घर भएको र भोलिका दिनमा यो घरलाई अझै सिँगार्ने यत्न गर्ने र गरिरहने मनसाय व्यक्त गरे।
लोकार्पण कार्यक्रममा कृति लोकार्पण गर्ने प्रमुख अतिथिहरूमध्येका एक साहित्यकार तथा पोखराका विभिन्न वाङमयिक संस्थाहरूको समेत नेतृत्व गरिरहेकी कवि रीता अधिकारी ऋतुले दामलीहरूले गरेको यो सहयात्राले भोलिका दिनमा अझ बढी सार्थकता र सौन्दर्य प्राप्त गर्ने विश्वास व्यक्त गर्दै सिर्जनात्मक सफलताको शुभेच्छा व्यक्त गरिन्। यसरी दामलीका दामलीहरूकै तर्फबाट कृति विमोचन गराएर नारी शक्तिलाई सिर्जना, सृष्टि र संवेदनाको रचनात्मक निरन्तरताका रूपमा सङ्केत गर्दै सबै दिदीबहिनीहरूकातर्फबाट खुसी व्यक्त गरिन्।
कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावलाई सभाध्यक्ष बनाएर सम्पन्न गरिएको कार्यक्रम कवि अमृत क्षेत्रीले सञ्चालन गरेका थिए। कवि अमृतले सञ्चालनका क्रममा साहित्य विमर्श, मुक्तक लेखन र पोखरेली काव्य परम्परामा आफूले अत्यन्त प्रेम र सम्मान गर्ने दामलीहरूको दामली अक्षर र शब्दालयले भोलिका दिनमा एउटा काव्यिक बहस र चिन्तनको थलोका रूपमा विकसित हुने विश्वास व्यक्त गर्दै धन्यवाद सहित सभाको समापन गरे।

Advertisement Banner
Previous Post

किरण आचार्यको ‘शैलसुते’ सार्वजनिक

Next Post

India-AI Impact Summit 2026 begins in New Delhi

Editorial Team

Editorial Team

Next Post
India-AI Impact Summit 2026 begins in New Delhi

India-AI Impact Summit 2026 begins in New Delhi

Recommended

थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

5 days ago
Indian Consulate in Birgunj, Nepal handed over two Ambulances from the Govt of India to the local administration

Indian Consulate in Birgunj, Nepal handed over two Ambulances from the Govt of India to the local administration

4 years ago

Don't Miss

Nepal Government orders complete ban on entrance exam prep classes and bridge courses

Nepal Government orders complete ban on entrance exam prep classes and bridge courses

March 29, 2026
“मन्त्रिपरिषद्को निर्णयपछि एकाएक पक्राउ: पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकमाथि ‘ज्यानसम्बन्धी कसुर’ छानबिन सुरु”

Court Allows Five-Day Custody of Oli and Lekhak for Investigation

March 29, 2026
Patan High Court annuls membership of 18 FNCCI commodity associations

FNCCI welcomes government’s decision to implement PSPP

March 29, 2026
Nepal Govt ordered Betting apps, websites to shut in 24 hours

Nepal Govt ordered Betting apps, websites to shut in 24 hours

March 29, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.