Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

शंकर लामिछाने प्रतिष्ठानले ५०औं स्मृति दिवसमा “शंकर सन्दर्भ”को परिचर्चा

Editorial Team by Editorial Team
January 25, 2026
in Literature, Nepal, News
0
शंकर लामिछाने प्रतिष्ठानले ५०औं स्मृति दिवसमा “शंकर सन्दर्भ”को परिचर्चा
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं -शंकर लामिछाने प्रतिष्ठानले ५०औं स्मृति दिवस र प्रतिष्ठानले प्रकाशित गरेको “शंकर सन्दर्भ” पुस्तकको परिचर्चा कार्यक्रम आज डालो रेस्टुरेन्ट, अनामनगरमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि पुष्कर लोहनीले दीप प्रज्वलन सहित शंकर लामिछानेको फोटोमा माल्यार्पण गर्नु भएको थियो ।
कार्यक्रममा प्रतिष्ठानकी कोषाध्यक्ष वरिष्ठ आख्यानकार पद्मावती सिंहले स्वागत गर्नु भएको थियो । उहाँले भन्नु भयो – “चिसो मौसममा विहानै यहाँ उपस्थित हुनु भएका सबैलाई शंकर सन्दर्भ पुस्तकबारे परिचर्चा कार्यक्रममा स्वागत गर्दछु ।”
प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै शंकर लामिछानेका निबन्धहरुको अङ्ग्रेजी अनुवादको काम सकिएको बताउनु भयो ।
वरिष्ठ समालोचक प्रा डा. गोविन्दमान सिंह कार्कीले “पारिजातको सिरिसको फूलको भूमिका शंकर लामिछानेले लेखेकै कारण मदन पुरस्कार पाएको चर्चा सुनेको छु।” भन्नु भयो ।
यसैगरी अर्का वरिष्ठ समालोचक प्रमोद प्रधानले “जबसम्म हामी पाठकका रूपमा स्थापित हुन सक्दैनौं तबसम्म राम्रो लेखक हुन सक्दैनौं । मैले निबन्ध लेख्न बस्दा गोधुली संसार, एबस्ट्याक चिन्तन प्याज, ताना शर्माको बेलायत तिर बरालिदा आउँछ । जस्ले प्रष्ट पहिचान बोकेर हिंडेको हुन्छ, ती साहित्यकारलाई सम्झन्छौं । बीसजना साहित्यकारभित्र शंकर लामिछाने पर्नु हुन्छ । लामिछानेको अन्तर्वार्ताको उत्कृष्ट संग्रह विम्बप्रतिविम्ब हो । हामी अहिले रहरमा साहित्यकार भएका छौं, लामिछाने जिम्मेवार भएर लेखेका छन् । स्पष्ट र टाढैबाट देखिने नाम शंकर लामिछाने हुन् ।हाइकु नेपालमा भित्र्याउने लेखकका रुपमा पनि चिन्दछौं ।” भन्नु भयो ।
शंकर लामिछाने प्रतिष्ठानका महासचिव चर्चित नियात्राकार डा दामोदर पुडासैनी किशोरले “निबन्ध र साहित्यमा फरक धारमा आएको लामिछाने जति चर्चा हुनुपर्ने त्यो भएको छैन । राज्यले निबन्धका कोशेढुंगालाई बिर्से जस्तो लाग्छ ।” भन्नु भयो ।
यसैगरी कवि एवम् पत्रकार भुपेन्द्र खड्काले “म शंकरको पाठक भएको नाताले किन पढ्नुपर्छ ? भन्ने सन्दर्भमा चेतन प्रवाह शैली नेपाली साहित्यमा भित्र्याउने सर्जक हुन् । मैले के गर्न सकिन्छ भनेर उहाँका समकालीनहरूसँका प्रशंग खोजीमा छु । शंकर पढ्नु भनेको जिम्मेवार पाठक र लेखक हुनु हो भन्ने लाग्छ।” भन्नु भयो ।
यसैगरी वरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ रोदनले “नेपाली निबन्धका ती धरोहर हुन् जसलाई अन्तर्राष्ट्रिय साहित्यमा पुर्याइयो भने नेपाली साहित्यको ओज र गरिमा बढ्ने थियोे, सगरमाथा र बुद्ध मात्रै होइन शंकरका निबन्ध र साहित्यबाट नेपाल चिनिन सक्छ । एकेडेमीले यस्ता धरोहरलाई बिर्सेको छ ।” भन्नु भयो।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ आख्यानकार पुष्कर लोहनीले “मेरो पिताजीको नजिकको मित्र शंकर लामिछाने हुनुहुन्थ्यो । उनका कथा र निबन्ध के भन्ने छुट्याउन गार्हो छ । आजको घोस्ट राइटरको रूपमा हुनु हुन्थ्यो । अब शंकर को भनेर खोज्नुपर्छ, को हो कुमुदिनी भनेर खोज्नु पर्छ।

भूमिका सहित हाइकु शिरीषको फूलमा रहेको छ । त्यस्तो लेख्न सक्ने कोही छ ? माया नं ६५३ कथा पढे पछि शंकर लामिछानेलाई चिन्न सकिन्छ ।” भन्नु भयो । कार्यक्रममा प्रतिष्ठानकी संरक्षक सविता ढुंगानाले सभापतिको आसनबाट सबैलाई उपस्थित भएकोमा धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रमको सहजीकरण कवि यादव भट्टराईले गर्नु भएको थियो ।कार्यक्रममा प्रतिष्ठानकी संरक्षक संगीता शर्मा, वरिष्ठ कलाकार मदन्दास श्रेष्ठ, वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र के.सी., गीतकार एवं समाजसेवी शोभित उप्रेती, वरिष्ठ साहित्यकारहरु हिरण्यकुमारी पाठक, विमल भौकाजी, शरद प्रधान, शंकर भारती, पवन आलोक, कृष्ण प्रसाईं, कृष्ण भुषाल, डा. शशी थापा, सन्तोश श्रेष्ठ, भवानी खतिवडा, सुभाशचन्द्र पौडेल भिमफेदीया, कृष्ण के. सी., राज रजक, अच्युत घिमिरे, बालकृष्ण श्रेष्ठ, पारशप्रकाश नेपाल, प्रविनप्रसाद थपलिया, अलका मल्ल, कुमार कार्की लगायतको उपस्थिति रहेको थियो । शंकर सन्दर्भ ग्रन्थको सम्पादन पारशप्रकाश नेपालले गर्नु भएको हो ।

Advertisement Banner
Previous Post

अनेसासद्वारा ‘युरोपस्तरीय खुला कविता प्रतियोगिता–२०२६’ आयोजना गरिने

Next Post

Rastriya Banijya Bank records 4.45 % inactive loan, 1.75 billion profit in first half of current fiscal

Editorial Team

Editorial Team

Next Post
Rastriya Banijya Bank records 4.45 % inactive loan, 1.75 billion profit in first half of current fiscal

Rastriya Banijya Bank records 4.45 % inactive loan, 1.75 billion profit in first half of current fiscal

Recommended

Latvia Records -32°C Amid Coldest Winter Spell in 12 Years

Latvia Records -32°C Amid Coldest Winter Spell in 12 Years

2 months ago
लेखक कृति पुरस्कार तथा स्रष्टा सम्मान अर्पण कार्यक्रम

लेखक कृति पुरस्कार तथा स्रष्टा सम्मान अर्पण कार्यक्रम

1 month ago

Don't Miss

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

March 25, 2026
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

March 25, 2026
थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

March 25, 2026
महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

March 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.