काठमाडौं – प्रयोगवादी काव्यधाराका लेखक तथा बुटपालिस, अस्वीकृत जमातलगायतका साहित्यिक आन्दोलनका अभियन्ता शैलेन्द्र साकारलाई शिखर कवि उपाधिद्वारा सम्मान गरिएको छ । २०७९ पुस ९ गते ज्योति साहित्य प्रतिष्ठानको १९१ औँ कवितायात्रा श्रृङ्खलाको अवसरमा उनलाई सो उपाधिबाट सम्मान गरिएको हो । कार्यक्रमको अध्यक्षता ज्योतिसाहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले गरेका थिए भने विशिष्ट अतिथिमा प्रा.डा गार्गी शर्मा तथा विशेष अतिथिमा पुष्कर लोहनी, विश्वविमोहन श्रेष्ठ, प्रमोद प्रधान, महेश प्रसाईँ, लव गाउँले, राधिका गुरागाईँ रहेका थिए । सो कार्यक्रममा सविता श्रेष्ठ बेहोसी, सरस्वती चिमौरिया, भगीरथ काफ्ले, सङ्गीता ठाकुर, रेणु घिमिरे, सूर्यबहादुर थापा, केशवबहादुर थापा, राजबाबु श्रेष्ठ सागर, भावकेशर बराल, कमला रानी, मानबहादुर भुजेल, राज रजक, जनार्दन धड्कन, उषा आचार्य, पारू तिमिल्सिना, पूर्णमान तपोल, दिल पौडेल, प्रतापसिंह थापा, शम्भु खनाल र शिवप्रसाद अधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सर्जकबाट साहित्यका कविता, गजल, मुक्तक, खोरिया, हाइकु वाचन गरिएको थियो ।उक्त कार्यक्रमको सञ्चालन उषा आचार्यबाट भएको थियो भने जनार्दन धड्कनले स्वागत मन्तव्य दिएका थिए । सम्मानित सर्जक शैलेन्द्र साकारको व्यक्तिगत विवरण राजबाबु श्रेष्ठ सागरले प्रस्तुत गरेका थिए । सो कार्यक्रममा बोल्दै महेश प्रसाईँले साहित्य सोझो र स्पष्ट बुझिने खालको हुनु नहुने, कविता पढ्दा पाठक सोचमग्न बन्नुपर्ने र त्यस्तो कविता शैलेन्द्र साकारले रचना गरेकाले शिखर कवि उपाधि दिनु उपयुक्त रहेको बताए । उनले साकारसँग जोडिएका आफ्ना अनुभव र साहित्यको महत्त्वबारे स्पष्ट पारे । त्यस्तै प्रमोद प्रधानले प्रयोगवादी कविताको परम्परा र त्यसमा शैलेन्द्र साकारको भूमिका प्रष्ट्याउँदै इतिहास लेखनमा साकारको नाम छुटाउन नहुने बताए । शैलेन्द्र साकारले साहित्यमा दिएको योगदानको उचित मूल्याङ्कन नभएको हुँदा पुनः एकपटक इतिहास लेख्नुपर्ने र साकारलाई न्याय दिनुपर्ने विचार प्रधानले प्रकट गरे । कार्यक्रममा पुष्कर लोहनी, गार्गी शर्मा, विश्वविमोहन श्रेष्ठ लगायतका व्यक्तिले साकारको योगदानको चर्चा गरे । कार्यक्रमका प्रमुख अतिथि शैलेन्द्र साकारले आफूलाई शिखर कवि उपाधि दिएकामा आभार प्रकट गर्दै साहित्यको चिनारी दिए भने गार्गी शर्माले सो उपाधिलाई राष्ट्रियकरण गर्नुपर्ने बताइन् । त्यस्तै अध्यक्ष मणिराज सिंहले ज्योति साहित्य प्रतिष्ठानको चिनारी दिँदै यसले साहित्यमा योगदान दिने व्यक्तिलाई सधैँ सम्मान गर्ने बताए । कार्यक्रम ओम ओस्कार भोजनालय नयाँ बानेश्वरमा भएको थियो ।
Trending Now
- शिक्षामन्त्री पन्तको आह्वानपछि आन्दोलनरत शिक्षक वार्तामा पुगे
- India-Pakistan standoff worries UN, calls for maximum restraint
- आन्दोलनरत शिक्षकहरूलाई शिक्षामन्त्रीले बोलाए वार्तामा
- पाकिस्तानको घोषणा, सिन्धु चलाउनु ‘युद्धको कारवाही’: शिमला सम्झौता पनि खारेज
- Jammu and Kashmir Attack Update: 28 killed, including a Nepali
- कश्मीर आक्रमणमा संलग्न एक जनाको घर बमले उडाइयो, अर्कोको घरमा डोजर चलाइयो
- सर्वोच्चको आदेशपछि पनि थामिएन शिक्षकहरूको आन्दोलन,आन्दोलन नछाड्ने अडान
- Nepal not on MCC project suspension list, grant not stopped
- मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
- आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै
Comments are closed.