Trending Now

नेपाल स्रष्टा समाजको अध्यक्षमा श्रीओम श्रेष्ठ रोदन निर्वाचित तथा नयाँ कार्य समिति गठन

नेपाल प्रज्ञाप्रतिष्ठानमा सम्पन्न भएको नेपाल स्रस्टा समाजको साधारण सभाले श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसअनुसार उपाध्यक्षमा चेतनाथ कणेल हरित, महासचिवमा देविका तिमिल्सिना, कोषाध्यक्षमा तारा सुवेदी र सचिवमा प्रकाश घायललाई चयन गर्यो।
सदस्यहरूमा शङ्कर भारती, डा. सदानन्द कणेल, रञ्जना निरौला,डा. शान्तिमाया गिरी, मधु पाठक,  र माधव बिडारी  निर्वाचित भए।
निर्वाचनका लागि साधारण सभाले पवन आलोक, हिरण्यकुमारी पाठक र डा गोविन्दमानसिंह कार्की रहेको निर्वाचन आयोग गठन गरेको थियो।
साधारण सभाको सञ्चालन विनोद नेपालले गरेका थिए भने जानू धिताल र नवराज अवदोषीले समाजले गत कार्यकालमा गरेका कार्यक्रम र आयव्ययको जानकारी गराएका थिए।

Comments are closed.