पोखराबाट सिचुवान एयरलाइन्सले उडान गर्दै, हिमालय नियमित उडानको तयारीमा

काठमाडौं –पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिचुवान एयरलाइन्सले उडानको सुरुवात गर्ने भएको छ । चिनियाँ वायुसेवा सिचुवानले आगामी मंगलबार पोखरामा उडान गर्ने र फर्कंदासमेत एक सयभन्दा बढी यात्रुलाई लिएर जाने भएको हो ।
यो वायुसेवाले सुरुका केही उडान चार्टर गर्ने र त्यसपछि नियमित गर्ने गरी तयारी गरेको जानकारी सम्बन्धित वायुसेवाबाट आएको पोखरा विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरले बताए ।उनका अनुसार लामो समयदेखि उडान हुन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवानको उडानले नियमित उडानको अपेक्षा देखाएको छ । अगामी चैत १८ बाट हिमालय एयरलाइन्सले भने सातामा एक उडान पोखरामा गर्ने गरी नियमित उडानको तालिका नै बनाइसकेको छ ।
काठमाडौंबाट चीनकाे ल्हासा गएकाे जहाज त्यहाँबाट सिधै पोखरा आउँछ । साे जहाज पोखराबाट ल्हासा जानेछ भने फर्किएर काठमाडाैं‌ आउने गरी तालिका बनाएकाे छ । यो वायुसेवाले सातामा एक उडान मात्रै पोखरामा गर्ने भएकाेले ल्हासाबाट आउने र पोखराबाट फर्किएको जहाज ल्हासाबाट काठमाडौं आउने भएको छ ।यो वायुसेवाले पर्यटकीय राजधानी पोखराबाट विश्व प्रसिद्ध ‘रुफ अफ द वर्ल्ड’ ल्हासासम्म साताको एक उडान गरेर सिधा हवाई पहुँचको सुरुवात गर्ने तयारी गरेको छ ।
पोखरा नयाँ रुटको उडानमार्फत हिमालय एयरलाइन्सले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई सुदृढ गर्ने लक्ष्य राखेको जानकारी दिएको छ ।काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ सेक्टर जोड्न तथा यात्रुको मागको आधारमा आगामी दिनमा उडानहरू थप्दै जाने योजना हिमालयले बनाएको छ ।काठमाडौँ–ल्हासा उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार आगामी १८ चैत अर्थात मार्च ३१, २०२५ मा बिहान साढे ८ बजे हुने छ । सोही दिन चीनको स्थानीय समयअनुसार १२ बजेर ०५ मिनेटमा ल्हासा गोङ्गर विमानस्थलमा पुग्नेछ ।
ल्हासा–पोखरा उडानले ल्हासा गोङ्गर विमानस्थलबाट स्थानीय समयअनुसार मार्च ३१, २०२५ मा १३ बजेर १५ मिनेटमा उडान भर्ने र सोही दिन नेपाली स्थानीय समयअनुसार १२ बजेर ४५ मा पोखरा अवतरण गर्ने जानकारी हिमालय एयरलाइन्सले दिएको छ ।ऐतिहासिक पोखरा–ल्हासा उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अप्रिल ०१, २०२५ मा स्थानीय समयअनुसार बिहान ८ बजेर २० मिनेटमा हुने छ । पोखराबाट उडेकै दिन चीनको स्थानीय समयअनुसार १२ बजेर ०५ मिनेटमा ल्हासा गोङ्गर विमानस्थलमा अवतरण हुने यो वायुसेवाले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.