काठमाडौँ । ‘द पोएट आइडल’ सिजन २ को ग्य्राण्ड फिनालेमा सिक्किमका कवि सिम्योन सुकिता राई तीन प्रतिस्पर्धीलाई पछि पार्दै विजेता बनेका छन् । विजेता घोषणा भएसँगै कवि राईले १० लाख रुपैयाँ र अन्य सुविधाहरु पनि प्राप्त गरेका छन् ।
‘द पोएट आइडल’ सिजन २ को शनिबार आयोजित ग्य्राण्ड फिनालेमा धादिङकी कवयित्री डा. मुस्कान पोखरेल, धनगढीका कवि मोहित जोशी, इलामका कवि विजय लुइँटेलले पनि ट्रफी र अन्य सुविधाहरु प्राप्त गरेका छन् ।
अमन प्रताप अधिकारी निर्देशक र दिव्यदेव पन्त प्रस्तोता रहेको टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ माघ २९ गतेदेखि हिमालय टिभीमा प्रसारण हुँदै आएको थियो । कार्यक्रमका ‘जज’हरुमा विप्लव प्रतिक, अनुप बराल, उपेन्द्र सुब्बा र केकी अधिकारी रहेका थिए l‘द पोएट आइडल’ सिजन १ को विजेता पनि सिक्किम निवासी कवि निलम गुरुङ बनेकी थिइन् ।
Trending Now
- Jammu and Kashmir: 28 people, mostly tourists, killed in terrorist attack in Pahalgam
- कवि तथा गीतकार पुष्पा खनालको जिउनै पर्छ गीत सार्वजनिक
- दमन्ता खनाल स्मृति स्रस्टा सम्मानद्वारा तिवारी आमा सम्मानित
- आजदेखि जुम्लामा हिमाली संवाद, तयारी पूरा
- २१ दिनदेखि सडकमा छन् आन्दोलित शिक्षक
- आज एमालेले ‘नेकपा’ स्थापना दिवस: विशेष कार्यक्रम गर्दै
- Yamal wins ‘Breakthrough Player of the Year’ award
- UAE Deputy Prime Minister to visit Nepal, high-level meetings scheduled
- Pope Francis passed away
- ‘नरसिंहा : अवतार’को पोस्टर सार्वजनिक
Comments are closed.