काठमाडौं ।नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको ३ सय १२ सदस्यीय केन्द्रीय समितिमा अध्यक्ष पदका लागि ६ जनासहित ५ सयले मनोनयन गरेका छन्। बुधबार राति अबेरसम्म भएको मनोनयनमा अध्यक्ष पदमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा, विश्वमणि थापा र योगेन्द्र बुढा रहेका छन्।
उमेर हदका कारण पदाधिकारीसहित १ सय ३८ विद्यार्थी नेता बाहिरिएपछि उपमहासचिव रहेका ६ जनाले अध्यक्षमा मनोनयन गरेका हुन्। पार्टी अध्यक्ष पुष्पकमल दाहालले सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचनबाटै सबै पदमा छिनोफानो गर्न लागिएको हो। कार्यसमिति चयनका लागि भोलि शनिवार मतदान हुँदै छ। देशभरका २ हजार ३ सय ९८ जना प्रतिनिधिले मतदान गर्ने तालिका छ।
बिहीबार अबेरसम्म करिब ३ सय ५० बढीले अनलाइनमार्फत दाबीविरोध गरेका छन्। अनेरास्ववियु (क्रान्तिकारी) फ्याक्सन इन्चार्ज हिमाल शर्माका अनुसार सयौं दाबी विरोध परेकोमा छानबिन जारी रहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘दाबी विरोधउपर छानबिन भएपछि उम्मेदवारको नाम सार्वजनिक गरी भोलि मतदान गर्नेछौं।’ उहाँका अनुसार ७ प्रदेश राजधानीमा मतदान हुनेछ।
निर्वाचन समितिले पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा सदस्य गरेर जम्मा ३ सय १२ पदका लागि जम्मा ५ सय जनाको उम्मेदवारी दर्तालगत्तै नामावली सार्वजनिक गरेको हो। समितिका प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले हिजो बिहीबार नामावली प्रकाशन गर्नुभएको थियो। मनोनयन र दाबी विरोधलगायत सबै विषय अनलाइनबाट गर्ने व्यवस्था छ।
महासचिवमा १० जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा रोशन थापामगर, पदमप्रसाद काफ्ले, प्रतीक कार्की, श्याम रोक्का, रोशन खड्का, गोविन्द बानियाँ, सञ्जीव फुँयाल, तिर्सना हमाल, शिव बस्नेत र सञ्जयकुमार महतो छन्। हमाल एक्ली महिला उम्मेदवार हुन् भने महतो मधेसी समुदायबाट उम्मेदवारी दिने एक्ला उम्मेदवार हुन् । मनोनयन गर्ने १० जनामा हमाल यसअघि उपमहासचिव हुनुहुन्थो। बाँकीमध्ये थापामगर, काफ्ले, रोक्का, खड्का, बानियाँ, फुँयाल, महतो सचिव थिए बस्नेत र कार्की केन्द्रीय सदस्य थिए।
कोषाध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । पारु चौलागाईं, शिव श्रेष्ठ, महेन्द्र चन्द, गगन भट्टराई र फूलमाया रानामगरले कोषाध्यक्षमा उम्मेदवारी दिनुभएको हो। खुला तथा आरक्षण गरेर ९ उपाध्यक्ष पदका लागि ३७ जनाको उम्मेदवारी दर्ता भएको छ। जसमा ४ खुला उपाध्यक्षमा १८ जनाको उम्मेदवारी दर्ता भएको छ। खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनेमा देवकी कार्की, देउमा जैशी (दीपा), विराज थापा, रमेश आचार्य, समीर बढुाथोकी, भीष्मराज चौलागाईं, मुना काप्री, योगेश भट्टराई, राजिरमण न्यौपाने, देवेन्द्रराज शर्मा, खेम सिंह, मदन ढकाल, तुलसीराम न्यौपाने, नवीन उपाध्याय, अटल आचार्य, विनोद कोइराला, समिप खरेल र जीवन खड्का छन्।
उपाध्यक्ष दलिततर्फ एक पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । जसमा पदम नेपाली, उचित दास, कृष्णबहादुर सुनार, अविनाश रम्तेल र चित्र सुनारको उम्मेदवारी परेको हो। यस्तै, १ मधेसी उपाध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी परेको छ। जसमा अभयप्रताप चौबे, अभिमन्यु यादव, सञ्जीवकुमार चौधरी र शिवमकुमार साह छन्।
यस्तै, उपाध्यक्ष खसआर्यतर्फ १ पदका लागि ६ जनाको उम्मेदवारी परेको छ। जसमा सुविन चालिसे, सुरज भण्डारी, आशिष बस्ताकोटी, जनक बटाला, उमेश कँडेल र मीनराज आचार्य रहेका छन्। आदिवासी जनजातितर्फ उपाध्यक्ष १ पदका लागि २ जनाको उम्मेदवारी परेको छ । जसमा बुद्रोस लिम्बू र मुना थापामगरको उम्मेदवारी परेको छ। महिला उपाध्यक्षतर्फ १ पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । जसमा पार्वती नेगी, ममता अधिकारी र मनीषा आचार्य छन्।
९ पद रहेको उपमहासचिवमा ३० जनाको उम्मेदवारी परेको छ । जसमा मर्मजंग बम, सुशान्त ताम्राकार, नपेन्द्र थापा, विपिन पोखरेल, विवेककुमार शाह, ध्रुवबहादुर रावल, जटिल कार्की, रमेश बुढाथोकी, दियोजित ओली, रुकु बस्नेत, सन्दीप न्यौपाने, रविन खम्बू, नवीन शाही, उपेन्द्र जम्कट्टेल, विनायक तिमिल्सिना, प्रकाश अधिकारी, हिमाल महरा, रेशम अधिकारी, रामचन्द्र भट्ट, सुशान्त ताम्राकार, निरोज श्रेष्ठ, प्रेमराज उपाध्याय, विनोदबहादुर शाही, रंगमान मल्ल, निर्मला गौतम, विष्णु ढुंगेल, बेनुपराज खत्री, लालबहादुर साउद, गणेश ज्ञवाली र सम्राज राई छन् । अन्य पदमा झन्डै ३ सय बढीको मनोनयन भएको छ।
केन्द्रीय समितिअन्तर्गत .विभिन्न आयोगमा प्रदेशबाट निर्वाचित भएर आउने सदस्य पदमा अधिकांशमा निर्विरोध भएका छन्। लेखा आयोगको सदस्यमा कर्णाली, लुम्बिनी, विश्वविद्यालय प्रदेश र उपत्यका विशेष प्रदेशबाट निर्विरोध भएका छन् । संगठनको निर्वाचन आयोग सदस्यमा लुम्बिनी, गण्डकी, वागमती र मधेस प्रदेशबाट उम्मेदवारी परेको छैन। त्यस्तै, अनुशासन आयोग सदस्यमा लुम्बिनी र वागमती प्रदेशबाट उम्मेदवारी नै दर्ता नभएको निर्वाचन समितिले जनाएको छ।
समितिका अनुसार लेखा आयोग सदस्यमा वागमती प्रदेशबाट राजेशबहादुर खत्री, मधेसबाट मनोहर यादव, कोशी प्रदेशबाट सन्देश राई र सुदूरपश्चिम प्रदेशबाट मनिषा साउद एकल उम्मेदवारी परेको छ। यस्तै, अनुशासन आयोग सदस्यमा उपत्यका विशेष प्रदेशबाट सुजन घिमिरे, कोशी प्रदेशबाट विक्रम परियार, गण्डकीबाट उमेश खनाल, मधेसबाट जितेन्द्रकुमार यादव र विश्वविद्यालय प्रदेशबाट आशिम बस्ताकोटीको एकल उम्मेदवारी दर्ता भएको छ।
निर्वाचन आयोग सदस्यमा कोशी प्रदेशबाट दर्शन शाह, विश्वविद्यालय प्रदेशबाट विपिन लामा, उपत्यका विशेष प्रदेशबाट निराजन गौतम र सुदूरपश्चिम प्रदेशबाट पूर्णसिंह धामीको एकल उम्मेदवारी दर्ता भएको छ। एकल उम्मेदवारी दर्ता भएका सबै पदमा निर्विरोध निर्वाचित हुनेछन्। झन्डै २० जना निर्विरोध निर्वाचित हुने भएका छन्।
Comments are closed.