काठमाडौं। सरकारले इलेक्ट्रिक चुरोट (भेप) लाई आयातका लागि खुल्ला गरे पनि तस्करले अवैध रुपमा भित्र्याउन नछाडेको तथ्य बाहिर आएको छ। मुस्ताङको कोरोला नाकाबाट नाकाबाट भन्सार नतिरी आयात गरेका १९ हजार थान विद्युतीय चुरोट (भेप) बरामद भएपछि तस्करी हुन थालेको खुलासा भएको हो ।तर गत मंगलबार मात्र राजस्व अनुसन्धान विभागको टोलीले ललितपुरको इमाडोलमा स्टोर गरेर राखेको अवस्थामा उल्लेख्य परिमाणमा भेप बरामद गरेको छ। जसले देशभित्र भेपको अवैध तस्करी भइरहेको देखाएको छ। इमाडोल क्षेत्रबाट राजस्वको टोलीले मंगलबार ५ सय १ कार्टुन अर्थात ८६ हजार पिस भेप बरामद गरेको थियो।‘नियन्त्रणमा लिइएका दुई जनामाथि अनुसन्धान भइरहेको छ,’ राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीराज घिमिरेले भने।
पक्राउ परेका दुई जनाविरुद्ध पहिलो पटक प्रहरीले सात दिन हिरासतमा राख्ने अनुमति लिएको थियो। राजस्वको टोलीले अहिले भेप चीनबाट नेपाल आएर भारत जान सक्ने अनुमान गरी अनुसन्धान गरिरहेको छ।एक साताको अवधिमा अन्य जिल्लाबाट पनि भेप बरामद भइरहेको छ। यही सातामा पथलैयामा पनि ४ हजार पिस भेप बरामद भयो।त्यस्तै यसै सातामा बुटवलमा पनि २ हजार ६ सय ३० पिस भेप बरामद भएको थियो। भेरी ट्रान्सपोर्टको लु प ३००१ ख ०११४ नम्बरको गाडीमा ल्याइएको उक्त परिमाणको भेप बरामद भएको हो। डायमन्ड नेपाल इन्टरनेशनलका रोजन न्यौपाने र सनाउल्लाह अन्सारीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ। उनीहरूको बयानको आधारमा नै थप भेपहरु भेटिएको हो।‘अनुसन्धान चलिरहेको छ। अरु संलग्नहरूको पनि खोजीमा नै छौं। ठूलो सङ्ख्या भेप आएको देखिएको छ,’ महानिर्देशक घिमिरेले भने। नेपाल प्रहरी र सशस्त्र प्रहरीले केही महिनाअघि ठूलो परिमाणमा भेप बरामद गरेका थिए।
पछिल्लो समय इमाडोल र मुस्ताङबाट बरामद भएको भेपको सूचना पक्राउ परेका तिनै दुई जनाले दिएका हुन्। त्यही सूचनाको आधारमा प्रहरी र राजस्वले थप अवैध रुपमा आएको भेप बरामद गरेको हो। चीनबाट आएको भेप खरिद गर्ने अन्सारीको श्रीमतीको नाममा तसनीय जनरल स्टोरको फर्म छ। त्यही फर्मले भेप खरिद गरेको देखिएको हो।सस्तोमा खरिद गरेको भेप उनले भारतको अर्को पार्टीलाई बिक्री गर्ने गरेको देखिन्छ। प्रहरी र राजस्वले बरामद गरेको अधिकांश भेप नेपालबाट भारत जाने गरेको देखिएको छ। चीनबाट रसुवा र तातोपानी नाका हुँदै काठमाडौं भेप ल्याउने गरिएको छ। बुटवलमा बरामद भेप काठमाडौंबाट डायमन्ड नेपाल इन्टरनेसनल ल्याएको खुलेको हो। यसका सञ्चालक सुमन शर्मा भने अहिले सम्पर्कमा छैनन्।
निकोटिन नभएको भेपको जाँच पास गर्दा भन्सार कार्यालयले सङ्ख्याका आधारमा र निकोटिनयुक्तको किलोग्रामका आधारमा राजस्व लिइरहेका छन्।दुवै प्रकारका भेपको आयात गर्दा तिर्नुपर्ने राजस्वको दर पनि फरक–फरक निर्धारण गरिएको छ। निकोटिनयुक्त भेप आयात गर्दा प्रति किलो ४० प्रतिशत भन्सार महसुल, ४७५ रुपैयाँ अन्तःशुल्क र मूअकर बुझाउनुपर्ने हुन्छ। तर निकोटिनविहीन भेपको आयातमा भन्सार महसुल ५ र अन्तःशुल्क ३० प्रतिशतसहित मूअकर पनि तिर्नुपर्ने हुन्छ।८ डलरमा कर तिरेपछि यसको मूल्य करिब दोब्बर हुनपुग्छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र गएको बैशाखमा भेपको आयात, निर्यात, उत्पादन, बिक्री वितरण र प्रचार प्रसारमा प्रतिबन्ध लगाउन सरकारी निकायहरूलाई प्रतिबन्ध गरेको थियो।त्यस्तो प्रतिबन्ध कार्यान्वयनका लागि वाणिज्य मन्त्रालयहुँदै राजपत्रमा सूचना प्रकाशित हुनुपर्ने कानुनी व्यवस्था रहेको छ। राजश्व अनुसन्धान विभागका महानिर्देशक चण्डिप्रसाद घिमिरेले आफूहरूले उक्त विषयमा अनुसन्धान गरिरहेको भन्दै अहिले नै विस्तृतमा भन्न सक्ने अवस्था नरहेको बताए।उनले भने, “भन्सार प्रज्ञापनपत्रबाट आएको छैन भने त्यो चोरी पैठारी नै हुन्छ। त्यो हिसाबले हामी हेरिरहेका छौँ। ललितपुरबाट अघिल्लो साता एउटा गोदामबाट बरामद भएका भेपहरू दुईवटा ट्रकमा तातोपानी नाका हुँदै नेपाल भित्रिएको आशङ्का गरिएको छ।भन्सार विभागका निर्देशक मुक्ति प्रसाद श्रेष्ठ भन्छन्, “व्यापार सम्बन्धी कुरा वाणिज्य मन्त्रालयले मात्रै गर्नुपर्छ। अरू निकायले गर्ने हो भने वाणिज्यलाई सिफारिस गरेर त्यहाँबाट निर्णय भएपछि मात्रै कानुनी रूपमा बन्द हुन्छ। कि त राजपत्रमा प्रकाशित हुनुपर्छ।“स्वास्थ्य मन्त्रालयले पत्राचार गरेको भएपनि त्यसलाई कानुनी रूपमा प्रतिबन्ध भए या नभएको भन्ने विषय अझै छलफलमा नै रहेको उनले सुनाए।भेप धूमपानको तलतल मेट्ने विद्युतीय उपकरण हो। विद्युतीय चुरोटहरू मुख्य गरी इलेक्ट्रोनिक निकोटिन वितरण प्रणाली र इलेक्ट्रोनिक गैर–निकोटिन वितरण प्रणाली गरी दुई प्रकारका प्रचलनमा रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।
Trending Now
- भागवत खनालको निबन्धसंग्रह ‘आत्मबोध’ लोकार्पण
- पारित भयो राष्ट्रिय सभाबाट सर्वसम्मत बैंकिङ कसुर तथा सजाय विधेयक
- आठ महिनामा थपियो २ खर्ब ४१ अर्ब सरकारी ऋण
- Google agrees to pay $28 million in racial discrimination lawsuit
- 372 prisoner-of-war exchange between Russia and Ukraine
- एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्री वितरण
- Emergency declaration in Nigeria
- जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’लोकार्पण
- नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ : गगन थापा
- आजदेखि एसइई सुरु हुँदै, ३७ जना जापानबाट सहभागी हुने
Comments are closed.