भीमफदीया’को गीत “मनको मझेरी”को लोकार्पित

साहित्यिक पत्रकार सङ्घले गीतकार सुभाषचन्द्र पौडेल ‘भीमफदीया’को गीत “मनको मझेरी”को लोकार्पण आज हेम सरिता पाठक फाउन्डेसनको सभाकक्ष, अनामनगर, काठमाडौंमा सम्पन्न भएको छ। यो गीतमा गायक नरहरि प्रेमीको स्वर रहेको छ भने संगीत पनि प्रेमीले नै गर्नु भएको छ । प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले उक्त गीतको मोबाइलमा थिचेर लोकार्पण गर्नु भएको थियो । साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार मदन दास श्रेष्ठ, शब्दपथका प्रधान सम्पादक आख्यानकार किशोर पहाडी, समालोचक युवराज मैनाली, कवि प्रतीक घिमिरे र कवि सानुराजा श्रेष्ठ अन्जानले आआफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सापसका पूर्व अध्यक्ष कलाकार नरेन्द्रबहादुर श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रमको संचालन कवि मुरारि सिग्देलले गर्नुभएको थियो । संचारकर्मी मुक्तककार रुद्र अधिकारीले अविरल साहित्य यात्रा यु टुयुब च्यानलको लागि कार्यक्रमको छायाङ्कन गर्नु भएको थियो ।

Comments are closed.