गीतकार प्रकाश सुवेदीको शब्द सृजना र प्रसिद्द गायक शिशिर योगीको सङ्गीत र स्वर रहेको `फर्किँदैछु म परदेशी´ बोलको गीतको लिरिकल भिडियो यही चैत्र ३ गते सृजना र सेरोफेरो युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ। आफ्ना हरेक गीतमा १ किसिमको कथा बुन्न सिपालू प्रकाशले प्रस्तुत गीतमा मध्यमबर्गीय परिवारमा जन्मिएर थप समृद्धिको लागि विदेशिएको १ जना मध्यम खालकै कमाई भएको पात्र उभ्याएका छन्। कतिपय नेपालीहरु रहरले त कतिपय कहरले विदेशिएका हुन्छन्। प्रस्तुत गीतमा उभ्याउन खोजिएको पात्र न त रहरले न त कहरले विदेशिएको हो। गीत सुन्दा ऊ परिवारमा थप समृद्धिको इटा थप्न परदेशिएको भान हुन्छ। कमाई राम्रै छ र पनि असिमित आवश्यकता पूरा गर्न नसक्नु हरेक परदेशीको विवसता हुन्छ। उसलाई भाइले भनेको मोवाइल, दिदीले भनेको राम्रो सारी, बहिनीको स्कुटर चढेर कलेज पढ्न जाने र आफ्नै एकतले घरलाई २ तले बनाउने लगाएतका सबै रहर पूरा गर्न मन छ। विदेशमा मध्यम खालको कमाई भएका कारण यी सबै खालका मागहरु एकै पटक पूरा गर्ने सामर्थ्य उसमा हुँदैन। सबैका रहर पूरा गर्ने क्रममा आफ्नै रहरलाई तिलाञ्जली दिनुपर्ने बाध्यता हरेक परदेशीमा हुन्छ तर ऊ यसलाई बाध्यता भन्दा पनि आफ्नो जिम्मेवारी र कर्तब्य सम्झन्छ। प्रस्तुत गीतमा गीतकार प्रकाशले `बा´ प्रती बढि झुकाव देखाएका छन्। नेपाली समाजमा `बा´ भनेको घरको पूरै भार थेग्ने पिलर हो। पिलरको काम भार थेग्ने हो न कि भार थप्ने। आफैँले ऋणधन गरेर विदेश पठाएको सन्तानसँग बाले कहिल्यै केही माग र अपेक्षा राख्नुहुन्न राख्नुहुन्छ त केवल उसको कुशलता र आगमन। हामी नेपाली समाजका बा यस्ता बा हुन् जती रहर भए पनि सन्तानलाई भन्दैनन्। आफुले थोत्रै आस्कोट लगाएर भए पनि सन्तानको आङमा चिल्लो कोट देख्ने रहर हरेक बालाई हुन्छ। छोरीको कमाई त छुन समेत हुँदैन पाप लाग्छ भन्ने संस्कारमा हुर्केका `बा´ हरु छोरालाई समेत बाबू यस्तो पठाइदे भन्न सक्दैनन्। भन्छन् त केवल तिमी सञ्चै आऊ पुग्छ। चाहे कमाएर घर आएको छोरा होस् चाहे क्याम्पस छुट्टी भएर शहरबाट घर आएको छोरा। कामउने होस् या नकमाउने फर्किने बेलामा बाको एउटै प्रश्न हुन्छ बाबू तिमीसँग बाटा खर्च त छ ? यो प्रश्न हरेक जिम्मेवार बाले आफ्ना सन्तानलाई गर्ने प्रतिनीधिमूलक प्रश्न हो। परदेशीलाई बाबूआमाको काख, श्रीमतीको साथ र आफन्त र साथीभाइको मायाको सामीप्यता र अभाव सधैँ खड्किएको हुन्छ भन्ने भाव बोकेको यस गीतको सङ्गीत संयोजन साहस शाक्य, ध्वनि सम्पादन साजन शाह र लिरिकल भिडियो सम्पादन वीरेन्द्र भाग विपिनले गरेका हुन्। सम्झिएर बालबच्चा, घर, खेतबारी फर्किँदैछु म परदेशी बिसाई काँधको भारी भाइ भन्छ राम्रो मोवाइल दिदी सारी भन्छिन् श्रीमतीले कहिले आउँछौ भन्दै अौंला गन्छिन् बहिनीलाई क्याम्पस जान खाँचो स्कुटरको मलाई भने रहर थियो तला थप्न घरको कर्तब्य नि यही मेरो यही जिम्मेवारी फर्किँदैछु म परदेशी बिसाई काँधको भारी बुझेको छु बाका पनि होलान् रहरहरु भन्नुहुन्छ सञ्चै आइज चाहिन्न केही अरु यसपाली त बालाई पनि राम्रै कोट किन्छु उनकै हातमा सँगालेको कमाई सुम्पिदिन्छु बन्न सकुँ आमा तिम्रो सधैं आज्ञाकारी फर्किँदैछु म परदेशी बिसाई काँधको भारी
Trending Now
- आजदेखि जुम्लामा हिमाली संवाद, तयारी पूरा
- २१ दिनदेखि सडकमा छन् आन्दोलित शिक्षक
- आज एमालेले ‘नेकपा’ स्थापना दिवस: विशेष कार्यक्रम गर्दै
- Yamal wins ‘Breakthrough Player of the Year’ award
- UAE Deputy Prime Minister to visit Nepal, high-level meetings scheduled
- Pope Francis passed away
- ‘नरसिंहा : अवतार’को पोस्टर सार्वजनिक
- Qatar and Egypt present new proposal to end Gaza war
- Harvard University files lawsuit against Trump administration’s decision to freeze aid
- प्रोल्लास सिन्धुलीयको ‘बागबजार बोल्दैन’ प्रकाशित
Comments are closed.