Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Business

अमेरिकामा हुने आगामी जी–२० सम्मेलनबाट दक्षिण अफ्रिका ‘आउट’ पोल्यान्डलाई इन

Editorial Team by Editorial Team
December 4, 2025
in Business, News, World
0
अमेरिकामा हुने आगामी जी–२० सम्मेलनबाट दक्षिण अफ्रिका ‘आउट’ पोल्यान्डलाई इन
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –अमेरिका सरकारले बिहीबार वैश्विक आर्थिक मञ्चलाई नयाँ स्वरूप दिने प्रयासस्वरूप आगामी जी–२० सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ । अमेरिकाले यसलाई ‘नयाँ जी–२०’ भनेको छ । अमेरिकाले यो सम्मेलनबाट दक्षिण अफ्रिकालाई बाहिर निकालेर पोल्यान्डलाई भित्र्याउने जनाएको छ ।

अमेरिकी विदेशमन्त्रीले दक्षिण अफ्रिकामाथि भेदभाव र कट्टरपन्थी एजेन्डालाई बढावा दिएको आरोप लगाएका छन् । नयाँ जी–२० सन् २०२६ डिसेम्बरमा फ्लोरिडाको मियामीमा हुनेछ । सन् २००९ पछि अमेरिकाले पहिलोपटक जी–२० को आयोजना गर्न लागेको हो ।

नयाँ जी–२० तीन मुख्य स्तम्भमा आधारित हुने बताइएको छ । सम्मेलन नियामक बोझ हटाउने, सुलभ र सुरक्षित ऊर्जा आपूर्ति श्रृंखला सुनिश्चित गर्ने र एआईजस्ता महत्त्वपूर्ण प्रविधिमा ध्यान केन्द्रित गर्ने विषयमा केन्द्रित हुनेछ ।

मार्को रुबियो ले पोल्यान्डलाई पनि जी–२० सम्मेलनमा समावेश गर्ने जानकारी दिए । उनले दक्षिण अफ्रिकाको अफ्रिकन नेसनल कंग्रेसको नेतृत्वको सरकारको कडा आलोचना गर्दै त्यहाँ मानवअधिकार उल्लंघनका घटनाहरूबाट आँखा चिम्लिएको आरोप लगाए ।

ट्रम्प प्रशासनले दक्षिण अफ्रिकाका सिरिल रामाफोसा सरकारको निन्दा गरेको यो पहिलोपटक होइन । ट्रम्पले केही दिनअघि २०२६ मा हुने जी–२० सम्मेलनबाट दक्षिण अफ्रिकालाई सामेल नगर्ने बताएका थिए ।

राष्ट्रपति रामाफोसाले डोनाल्ड ट्रम्पको निर्णय निराशाजनक भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले प्रमाणबिनै दक्षिण अफ्रिकामा श्वेत किसानमाथि नरसंहार भएको आरोप लगाएपछि यी दुवै देशबीचको सम्बन्धमा चिसो देखिएको छ ।

यही असन्तुष्टिका कारण ट्रम्पले दक्षिण अफ्रिकाको अध्यक्षतामा भएको हालैको जी–२० सम्मेलनमा भाग लिन अस्वीकार गरे । यसै विवादका बीच, दक्षिण अफ्रिकाले जी–२० को अध्यक्षताको ‘ग्याभेल’ अमेरिकी दूतावासका कनिष्ठ अधिकारीलाई सुम्पिन अस्वीकार गरेसँगै अमेरिका रुष्ट भयो ।

Advertisement Banner
Previous Post

समृद्ध भविष्यका लागि शान्ति” मूल नारासहितलुम्बिनीमा तेस्रो संस्करणको विश्व शान्ति कार्यक्रम हुने

Next Post

मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि

Editorial Team

Editorial Team

Next Post
मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि

मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि

Recommended

६ राजनीतिक दल खारेज

निर्वाचन आयोगले तोक्यो उम्मेदवारका लागि खर्च सीमा, खर्च गर्ने जिम्मेवार अधिकारी तोक्नुपर्ने

3 months ago

12th meeting of BRICS National Security Advisors to be held virtually

4 years ago

Don't Miss

Balen Shah registers candidacy from Jhapa-5

PM Sushila Karki set to step down; Balen Shah likely to take oath Friday

March 24, 2026
RSP central committee meeting summoned

Supreme Court defers hearing on Lamichhane case

March 24, 2026
RSP central committee meeting summoned

RSP central committee meeting summoned

March 24, 2026

कपिलवस्तुको निषेधाज्ञा तीन दिनपछि हट्यो

March 24, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.