सोल । दक्षिण कोरियामा भएको विमान दुर्घटना स्थलमा ८५ जनाको शव फेला परेको बीबीसीले जनाएको छ । आइतबार मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनामा परेको थियो ।
शव फेला पर्नेमा ३९ जना पुरुष र ४६ जना महिला रहेको बताइएको छ । यस अघि भने दक्षिण कोरियाको सरकारी समाचार संस्था योन्हापले २ जना बाहेक सबै जनाको निधन भएको आशङ्का भनेको थियो । जेजु एयरको विमान बैंककबाट दक्षिण कोरिया फर्किरहँदा अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो ।
विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु थिए भने छ जना चालक दलका सदस्य थिए । यस घटनामा अहिलेसम्म दुई जनाको जीवितै उद्धार गरिएको दमकल विभागका अधिकारीहरूले बताएका छन् । उद्धार हुनेमा एक जना यात्रु र एक जना चालक दलका सदस्य भएको बताइएको छ । अहिलेसम्म दुर्घटनाको कारण थाहा हुन सकेको छैन ।
Trending Now
- भीमदर्शन रोका स्मृतिकोषद्वारा शशी शाह र सहारा ज्येष्ठ नागरिक समाज सम्मानित
- Mark Carney sworn in as Prime Minister of Canada, new cabinet formed
- Macedonia nightclub fire: 51 dead, 100 injured
- Ghulam Ali, Aamir and Nazir’s voice “Ghazal Unkai Geet Unkai” released.
- The Sinja civilization is being studied for World Heritage listing
- सिएसआर’को रकम सबै प्रदेशमा कम्तिमा १० प्रतिशत खर्च गर्नैपर्ने
- पूर्वराजाको ‘एक्सपेरिमेन्ट’ फेल, संयुक्त जनआन्दोलन समितिमा भाँडभैलो
- प्रहरीमा स्टाफ कलेज कोर्स नरोक्न सर्वोच्चको आदेश
- चैत २८ देखि बिस्का जात्रा, तयारी तीव्र
- भरतपुरका १ सय २९ सुकुम्बासी घरधुरीलाई लालपूर्जा वितरण
Comments are closed.