ओम हस्पिटलमा माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

काठमाडौँ । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई अस्पतालका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

ओम हस्पिटलमा आयोजित संक्षिप्त समारोहमा अस्पताल संचालक समितिका अध्यक्ष डा। आनन्द प्रसाद श्रेष्ठको उपस्थितिमा ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र माछापुच्छ्रे निमित्त प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

समारोहमा ओम हस्पिटलका तर्फबाट ओम अस्पतालका शेयरधनी हरि प्रसाद पाठक, मेडिकल डाइरेक्टर डा.हरिश जोशी, मानव संसाधन विभाग प्रमुख लवराज अवस्थी तथा विजनस डेभलोपमेन्ट म्यानेजर विनोद अधिकारीको उपस्थिति थियो ।

माछापुच्छ्रे बैंकका तर्फबाट चिफ विनजनस अफिसर विनित चन्द्र झा, चिफ डिजिटल बैंकिङ अफिसर माधव सुवेदी , बाग्मती प्रोभिन्स म्यानेजर नरेश प्रधान र चाबहिल शाखा प्रबन्धक निरज सिग्देलको उपस्थिति थियो ।

सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू , कर्मचारीहरू तथा योनो नेपाल एसविआई मोबाइल एप प्रयोगकर्ताले ओम हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग सेवा रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापी लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

Comments are closed.