काठमाडौं । एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले सरकारले देश र जनताको मागलाई सम्बोधन गर्न नसकेको बताउनुभएको छ ।
बुधबार झापामा आयोजित कार्यक्रममा बोल्दै खनालले सरकारको स्पष्ट नीति, विचार, बजेट, कार्यक्रम र योजना हुनु पर्नेमा त्यो हुन नसकेको बताउनुभयो ।
सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटले जनतालाई छुन नसकेको उहाँको भनाइ छ । आफ्नो पार्टीले पाएको मन्त्रालयमा बजेट नै नभएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो ।
आफ्नो पार्टी सरकारमा निमित्तमा मात्र सहभागी भएको खनालको भनाइ छ । ‘गठबन्धन जसरी चल्नु पर्ने थियो त्यसरी चल्न सकेको छैन, यसमा हाम्रो बेहद असन्तुष्टि छ, सामान्य होइन, यस्तो खालको सरकारमा बसेर के हुन्छ ? हामी समीक्षा गर्छौँ’, खनालले भन्नुभयो ।
राष्ट्रिय पुँजीमा नेपाली औद्योगिक क्षेत्रको योगदान १९९५ सालकाे भन्दा पनि कमजोर भएको उहाँले बताउनुभयो । परिणामस्वरुप देशमा रोजगारीको अवसर नहुँदा युवा पलायन बढेको खनालको टिप्पणी छ । यो विडम्बनापूर्ण स्थिति भएको उहाँको भनाइ छ ।
Trending Now
- Russian President Proclaims Revenge for Ukraine Drone Strike
- आख्यानकार रमेश विकल स्मृति दिवसमा स्रष्टा पुरस्कृत
- पनौतीका केही जात्रापर्वहरुको पुस्तक तेस्रो संस्करण सार्वजनिक
- 2024 ‘hottest year’
- Plane crash in Brazil kills 10, injures 17
- Five ambassadors take oath
- 72 billion and 93 crore rupees assistance in improvement of electricity transmission and distribution system
- Significant increase in foreign aid commitments, two billion received in five months
- सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
- कवि, गीतकार तथा गजलकार प्रेमप्रसाद भट्टराईको एकल गजल वाचन सम्पन्न
Comments are closed.