गृहमन्त्री रवि लामिछानेलाई कारबाहीको माग गर्दै काठमाडौंमा मसाल जुलुस

काठमाडौं । सहकारी ठगीमा संलग्न गृहमन्त्री रवि लामिछानेलाई कारबाहीको माग गर्दै काठमाडौंमा मसाल जुलुस निकालिएको छ ।
नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले नाराबाजी गर्दै सोमबार साँझ पुरानो बानेश्वरमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।तरुण दलका नेता-कार्यकर्ताले सहकारी ठगलाई जोगाउने सरकार र आफ्ना नेताहरूलाई संगीन आरोप लगाउने गृहमन्त्रीविरुद्ध मसाल जुलुस प्रदर्शन गरेको बताएका छन् ।
उनीहरूले ‘सहकारी पीडितलाई न्याय दे, सरकारको तानाशाही प्रवृत्ति बन्द गर, सहकारी ठगलाई कारबाही गर, गृहमन्त्री राजीनामा दे’ लगायत नाराबाजी गरेका थिए ।सहकारी पीडितलाई न्याय दिनुको साटो सरकारले तानाशाही प्रवृत्ति देखाएको तरुण दलका नेताहरुको आरोप छ ।

Comments are closed.