जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो, कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू: बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले तीन नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको बताएका छन् ।आइतबार सामाजिक सञ्जालमार्फत बालेनले महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन जनप्रतिनिधिलाई आग्रह गरे ।
यस्तो छ बालेनको भनाइ
३ जना नेताले गर्दा, १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो ।काठमाण्डौ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।
नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन ।
काठमाण्डौ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।

Comments are closed.