पुस १८,काठमाडौँ । नेपाल स्रष्टा समाज र अरुणिमा शैक्षिक प्रतिष्ठानको सहकार्यमा स्रष्टा – विद्यार्थी अन्तरसंवाद कार्यक्रम अरुणिमा मावि, बौद्धमा सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल स्रष्टा समाजकोे १७ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित सप्तााहव्यापी कार्यक्रमअन्तर्गतको छैटौँ दिनको कार्यक्रम हो । अन्तरसंवादमा सो विद्यालयका कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरु सहभागी थिए । कार्यक्रममा सोही कक्षाका पाठ्यक्रमका रचनाकार वरिष्ठ कथाकार भागीरथी श्रेष्ठ, वरिष्ठ गीतकार दिनेश अधिकारी र नियात्राकार राजेन्द्रमान डंगोल सहभागी हुनुहुन्थ्योे । कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, वरिष्ठ शिक्षाविद् प्राडा विद्यानाथ कोइराला र नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले यस्ता कार्यक्रम अन्य विद्यालयमा पनि नियमित हुनुपर्ने बताउनुभयो । पुस्तकमा पढिरहेका रचनाका स्रष्टाहरुलाई प्रत्यक्ष रुपमा भेट्न पाउँदा विद्यार्थीहरुले नौलो अनुभव गर्नपाएकोमा खुशी व्यक्त गरकेका थिए । उक्त अन्तरसंवाद कार्यक्रममा बीसजना विद्यार्थीले स्रष्टासँग सिर्जना र साहित्यका विषयमा जिज्ञासा राखेका थिए । विद्यार्थीका जिज्ञासालाई पाठ्यक्रमका स्रष्टाबाहेक पवन आलोक, कल्पना खरेल,चेतनाथ कणेल हरित, देविका तिमिल्सिना, तारा सुवेदी र डा. शान्तिमाया गिरीले गर्नुभएको थियो । अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा, कार्यक्रमका संयोजक डा.सदानन्द कँडेल, अरुणिमा उच्च माविका प्रमुख केशबप्रसाद जोशी, विद्यालयका प्रिन्सिपल इश्वरीप्रसाद लामिछानेले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
Trending Now
- Meeting of Pakistani Ambassador with the Prime Minister, discussion on activation of SAARC
- सुवेदीद्वारा रचित ‘अनि प्रतीत्य समुद्पाद, शुन्य शुन्य महाशुन्य’ माथि अन्तरक्रिया
- SpaceX launches 21 ‘Starlink Internet satellites’ into space
- पछिल्ल्लो ६ घण्टामा डडेलधुरामा सबैभन्दा बढी वर्षा
- Biden granted relief to 37 people awaiting death penalty
- More than 60 percent of Mongolia has snow
- Foreign Minister Rana returns home after visiting four countries
- निजामती कर्मचारी अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु
- हुम्लामा गएरातिदेखि हिमपात सुरु: आसपासका बस्तीमा सुरक्षित रहन आग्रह
- जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा विजयी
Comments are closed.