काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउनुभएको छ ।प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १ सय ८८ सांसदको समर्थन जुटेको हो । जम्मा २ सय ६३ सांसद प्रतिनिधि सभाको बैठकमा आज उपस्थित रहेकोमा प्रधानमन्त्री ओलीको विपक्षमा ७४ र उहाँलाई मत दिन्न भन्ने पक्षमा १ मत परेको हो ।
संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने भन्दै ७ बुँदे सहमति गरेसँगै पुष्पकमल दाहाल नेतृत्वको यसअघिको सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिएको थियो । अल्पमतमा परेका दाहालले राजीनामा नदिई सदनमै विश्वासको मतको सामना गर्ने विकल्प रोज्नुभयो तर उहाँले प्रतिनिधिसभाबाट विश्वासको मत पाउन असफल हुनुभयो ।
त्यसपछि असार ३१ गते प्रधानमन्त्रीको पदभार सम्हाल्नुभएका ओलीले आज विश्वासको मत मतसम्बन्धी प्रस्ताव प्रतिनिधिसभामा पेस गर्नुभएको हो ।
संसद् बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय सहमतिमै संविधान संशोधन गर्ने बताउनुभयो । उहाँले संविधान निर्माण गर्दा सबै राजनीतिक दल एक ठाउँमा उभिएको स्मरण गर्दै उहाँले संशोधन पनि सहमतिमै गरिने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले मिलेर गरेको आन्दोलनकै बलमा संविधान बनाइएको र यसलाई कसैले सिद्ध्याउन नसक्ने पनि बताउनुभयो । मुलुकमा भएको निराशा हटाउन र देशलाई आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको उहाँको भनाइ छ । त्यसका लागि अहिलेको सरकारले ५ वटा विषयलाई प्राथमिकतामा राखेको पनि जानकारी दिनुभयो । सुशासन र भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता रहेको पनि उहाँले बताउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक साउन ७ गते दिउसो १ बजे बस्नेछ ।
Trending Now
- रामनवमीमा सरकारले सार्वजनिक बिदा दिने
- Israeli airstrikes kill 400 Palestinians
- A grand welcome for Sunita and Butch, who returned to Earth after 286 days in space
- परशु-कल्पना स्रष्टा सम्मानबाट रसिक र सापकोटा सम्मानित
- विश्व-ज्योति काव्यसम्मान र पाण्डुलिपि पुरस्कार घोषणा
- स्ववियु निर्वाचन : नेविसंघको हालसम्म ९९ कलेजमा जीत
- चितवनमा ६ देशका पाँच नाटक प्रस्तुत हुँदै
- The plane from China landed in Pokhara, returning today with 126 passengers
- Foreign Minister and Ukrainian Foreign Minister Meet in Delhi: Request to Release 7 Nepalis Captured by Ukrainian Army
- Bilateral talks between Foreign Minister Rana and Indian Foreign Minister in New Delhi
Comments are closed.