न्यायाधीश गिरीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । वैवाहिक जबरजस्ती करणीको आरोप लागेका न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ । बुधवार न्यायाधीशहरू हरि फूयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले न्यायधीश गिरीलाई थुनामा पठाउन आदेश दिएको हो ।सर्वोच्चको आदेशसँगै यसअघि उच्च अदालत पाटनले गिरीलाई धरौटीमा छाड्न दिएको आदेश बदर भएको छ ।

Comments are closed.