काठमाडौँ , सुरभि साहित्य प्रतिष्ठानले चार पुरस्कारको घोषणा गरेको छ। प्रतिष्ठानले स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष माघमा प्रदान गरिंदै आएकाे चार पुरस्कारको घोषणा गरेको हाे।
प्राडा दयाराम श्रेष्ठ सम्भवलाई ५१ हजार राशिको सुरभि- विजय चालिसे वाङ्मय पुरस्कार, वरिष्ठ निबन्धकार एवं वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई २५ हजार राशिको सुरभि-रमा-बद्री निबन्ध पुरस्कार, वरिष्ठ कथाकार किशोर पहाडीलाई २५ हजार राशिकै गुरुप्रसाद मैनाली-सुरभि आख्यान पुरस्कार र वरिष्ठ कथाकार भागीरथी श्रेष्ठलाई २५ हजार राशिकै सुरभि-बाजुराम आख्यान साधना पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
वरिष्ठ साहित्यकार विजय चालिसेको संयोजकत्वमा समालोचक युवराज मैनाली र सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल सदस्य भएको तीन सदस्यीय पुरस्कार छनाेट समितिले साे निर्णय गरिएको हाे।
उक्त समितिबाट पुरस्कारका लागि चयन भई आएका प्रतिभाहरूको नामसहितको प्रतिवेदन २०८१ पौष २० गते बसेको प्रतिष्ठानको कार्य समिति बैठकले अनुमोदन गरेको थियो।
उक्त पुरस्कार आउँदाे माघ १९ गते शनिवार अर्पण गरिने संस्थाका अध्यक्ष बाजुराम पौडेलले जानकारी गराएका छन्।
Trending Now
- शिक्षामन्त्री पन्तको आह्वानपछि आन्दोलनरत शिक्षक वार्तामा पुगे
- India-Pakistan standoff worries UN, calls for maximum restraint
- आन्दोलनरत शिक्षकहरूलाई शिक्षामन्त्रीले बोलाए वार्तामा
- पाकिस्तानको घोषणा, सिन्धु चलाउनु ‘युद्धको कारवाही’: शिमला सम्झौता पनि खारेज
- Jammu and Kashmir Attack Update: 28 killed, including a Nepali
- कश्मीर आक्रमणमा संलग्न एक जनाको घर बमले उडाइयो, अर्कोको घरमा डोजर चलाइयो
- सर्वोच्चको आदेशपछि पनि थामिएन शिक्षकहरूको आन्दोलन,आन्दोलन नछाड्ने अडान
- Nepal not on MCC project suspension list, grant not stopped
- मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
- आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै
Comments are closed.