Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

मतगणनामा ‘हाई–अलर्ट’ स्याङ्जा: जालीभित्र सीसीटीभी निगरानी, ५६ अति संवेदनशील केन्द्रमा कडा सुरक्षा

Editorial Team by Editorial Team
March 4, 2026
in Nepal, News
0
मतगणनामा ‘हाई–अलर्ट’ स्याङ्जा: जालीभित्र सीसीटीभी निगरानी, ५६ अति संवेदनशील केन्द्रमा कडा सुरक्षा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

स्याङ्जा– यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा मतगणनादेखि मतदानसम्मको सम्पूर्ण तयारी पूरा गरिएको छ। दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा फरक–फरक स्थानमा मतगणना गर्ने व्यवस्था मिलाइएपछि चुनावी सरगर्मी चरममा पुगेको छ।
निर्वाचन क्षेत्र नम्बर–१ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय (जिल्ला समन्वय समितिको हल) मा हुनेछ भने क्षेत्र नम्बर–२ को मतगणना क्षेत्रीय निर्वाचन अधिकृतको कार्यालय (वालिङ् नगरपालिकाको कार्यालय) को हलमा गरिनेछ। मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार मतगणनालाई सुरक्षित, निष्पक्ष र पारदर्शी बनाउन विशेष सुरक्षा प्रबन्ध गरिएको छ।
मतगणकहरूलाई जालीभित्र राखेर सीसीटीभी क्यामेराको निगरानीमा मतगणना गरिने तयारी गरिएको छ। उम्मेदवारका प्रतिनिधिहरूलाई जालीबाहिरबाट प्रत्यक्ष अवलोकन गर्न मिल्ने व्यवस्था मिलाइएको छ। “मतगणना सुरक्षित, पारदर्शी र निष्पक्ष बनाउन आवश्यक सबै तयारी पूरा भइसकेको छ,” गौतमले बताए।
११ स्थानीय तह, ९७ वडा
जिल्लाभर ११ स्थानीय तह र ९७ वडा रहेका छन्। क्षेत्र नम्बर–१ अन्तर्गत हरिनास गाउँपालिकाका ७, बिरुवा गाउँपालिकाका ८, फेदीखोला गाउँपालिकाका ५, आँधीखोला गाउँपालिकाका ६, अर्जुनचौपारी गाउँपालिकाका ६, पुतलीबजार नगरपालिकाका १४, भीरकोट नगरपालिकाका १–४ नम्बर वडा तथा वालिङ नगरपालिकाका ३ र ४ नम्बर वडा गरी ५२ वडा पर्छन्।
यस्तै, क्षेत्र नम्बर–२ मा चापाकोट नगरपालिकाका १०, गल्याङ नगरपालिकाका ११, कालीगण्डकी गाउँपालिकाका ७, भीरकोट नगरपालिकाका १–४ बाहेकका ५ वडा र वालिङ नगरपालिकाका ३ र ४ बाहेकका १२ वडा गरी ४५ वडा समेटिएका छन्।
२ लाख ४८ हजारभन्दा बढी मतदाता
जिल्लामा कुल २ लाख ४८ हजार ८१६ मतदाता रहेका छन्। तीमध्ये क्षेत्र नम्बर–१ मा ६४ हजार ७७५ पुरुष, ६६ हजार ११० महिला र १ जना अन्यसहित १ लाख ३० हजार ८८६ मतदाता छन्। क्षेत्र नम्बर–२ मा ५७ हजार ६८९ पुरुष र ६० हजार २४१ महिला गरी १ लाख १७ हजार ९३० मतदाता रहेका छन्।
क्षेत्र नम्बर–१ मा एक स्वतन्त्रसहित १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् भने क्षेत्र नम्बर–२ मा दुई स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। दुवै क्षेत्रमा प्रतिस्पर्धा कडा देखिएको छ।
१९९ मतदान केन्द्र, ३२३ मतदानस्थल
जिल्लामा १९९ मतदान केन्द्र र ३२२ मतदानस्थल तोकिएका छन्। कारागारमा रहेका बन्दीका लागि समानुपातिकतर्फ मतदान गर्न एक अस्थायी मतदान केन्द्र थपिएको छ, जससहित कुल ३२३ मतदानस्थलमा मतदान हुनेछ।
सोमबारदेखि नै ३२३ मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मी खटिएर आवश्यक तयारी थालिसकेका छन्। निर्वाचनका लागि ३२३ मतदान अधिकृत, ३२३ सहायक मतदान अधिकृतसहित कुल १ हजार ९३५ जना कर्मचारी परिचालन गरिएको छ।
५६ अति संवेदनशील केन्द्र
जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाको अवस्थालाई आधार मानेर ५६ मतदानस्थललाई अति संवेदनशील, ७१ लाई संवेदनशील र ७२ लाई सामान्य श्रेणीमा वर्गीकरण गरेको छ। अति संवेदनशील क्षेत्रमा विशेष सुरक्षा निगरानी, थप जनशक्ति परिचालन र उच्च सतर्कता अपनाइएको छ।
निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित र विश्वसनीय बनाउन सुरक्षाकर्मीको तैनाथी बढाइएको छ। मतदान केन्द्र वरपर अनावश्यक भीडभाड नगर्न, आचारसंहिता पालना गर्न र अफवाह नफैलाउन प्रशासनले सबैसँग आग्रह गरेको छ।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेको छ। मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन आह्वान गरिएको छ।
फागुन २१ को निर्वाचनले स्याङ्जाको राजनीतिक भविष्य निर्धारण गर्ने भएकाले सुरक्षा, पारदर्शिता र व्यवस्थापनमा कुनै कसर बाँकी नराखिएको प्रशासनको दाबी छ। अब मतदाताको फैसला कस्तो आउँछ भन्ने प्रतीक्षामा सिंगो जिल्ला छ।

Advertisement Banner
Previous Post

३ हजार ४०६ मध्ये १ हजार ९८६ उम्मेदवारले मात्रै खोले बैंक खाता, ६५ मध्ये ११ दल मात्र पारदर्शितामा अगाडि

Next Post

इरानसँगको युद्धमा मारिएका ४ अमेरिकी सैनिक सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
इरानसँगको युद्धमा मारिएका ४ अमेरिकी सैनिक सार्वजनिक

इरानसँगको युद्धमा मारिएका ४ अमेरिकी सैनिक सार्वजनिक

Discussion about this post

Recommended

HIDCL announces 3.5% dividend, totaling Rs 491.1 million

HIDCL announces 3.5% dividend, totaling Rs 491.1 million

3 months ago
विदेशमा रहेका नेपालीले तीन महिनामा पठाए ५ खर्ब ५३ अर्ब रेमिट्यान्स

विदेशमा रहेका नेपालीले तीन महिनामा पठाए ५ खर्ब ५३ अर्ब रेमिट्यान्स

3 months ago

Don't Miss

PM Karki terms SAARC an important forum for strengthening mutual trust

PM Karki, her Qatari counterpart hold phone talks, discuss Nepalis’ security in West Asia

March 5, 2026
Nepal, China discuss strengthening bilateral ties, cooperation

Nepal, China discuss strengthening bilateral ties, cooperation

March 5, 2026
Voter turnout reaches around 35–40 percent by 2 pm

Voter turnout reaches around 35–40 percent by 2 pm

March 5, 2026
Nepali Congress (NC) President Gagan Thapa casts vote

Nepali Congress (NC) President Gagan Thapa casts vote

March 5, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.