Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

तातोपानी नाका दुई महिनादेखि बन्द, नेपाल–चीन स्थल व्यापार संकटमा

Editorial Team by Editorial Team
August 13, 2026
in Nepal, News
0
तातोपानी नाका दुई महिनादेखि बन्द, नेपाल–चीन स्थल व्यापार संकटमा
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- लगातारको वर्षा, बाढी र पहिरोका कारण नेपाल–चीनबीचको स्थलमार्ग व्यापार गम्भीर संकटमा परेको छ। चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी करिब दुई महिनादेखि प्रभावकारी रूपमा बन्द हुँदा अर्बौँ रुपैयाँ बराबरका सामान चीन र नेपाल दुवैतर्फ अलपत्र परेका छन्।

नाका बन्द हुँदा व्यवसायीको लगानी जोखिममा परेको छ भने सरकारको राजस्व सङ्कलनमा समेत प्रत्यक्ष असर परेको छ। नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीका अनुसार बाढी तथा पहिरोका कारण उत्तरी नाकाबाट हुने व्यापार निकै प्रभावित भएको छ।

पराजुलीले नेपाल–चीनबीच स्थल, जल र हवाई तीन माध्यमबाट व्यापार भए पनि अधिकांश आयात–निर्यात स्थलमार्गमा निर्भर रहेको बताए। उनका अनुसार गत असारदेखि अरनिको राजमार्ग हुँदै सञ्चालन हुने तातोपानी नाका प्रभावकारी रूपमा बन्द छ।

डाक्लाङ र इको क्षेत्रमा गएको ठूलो पहिरोका कारण आयात तथा निर्यात दुवै ठप्प बनेका छन्। नाका बन्द भएपछि कतिपय सामान चीनकै भूभागमा, कतिपय नेपालतर्फका गोदाममा र केही कन्टेनर सडक तथा भन्सार क्षेत्रमा रोकिएका छन्।

“तातोपानीबाट एक थोपा सामान पनि नेपाल भित्रिएको छैन,” पराजुलीले बताए।

रसुवागढीमा बढ्यो चाप

तातोपानी नाका बन्द भएपछि चीनबाट हुने आयातको ठूलो हिस्सा रसुवागढी नाकातर्फ मोडिएको छ। रसुवागढी पूर्ण रूपमा बन्द नभए पनि सडकको कमजोर अवस्थाका कारण बेलाबेला अवरुद्ध हुँदा त्यहाँ व्यापारिक चाप बढेको छ।

तातोपानीबाट आउने सामानसमेत रसुवागढी हुँदै ल्याउन थालिएपछि ढुवानी भाडा, समय र अन्य लजिस्टिक खर्च बढेको व्यवसायीहरूको भनाइ छ।

तातोपानी क्षेत्रमा पर्याप्त पार्किङ तथा भण्डारण पूर्वाधार नहुँदा समस्या थप जटिल बनेको छ। पहिरोका कारण बाटोमै रोकिएका कन्टेनर तथा भन्सारको आइसिडी क्षेत्रसमेत जोखिममा परेको छ। कतिपय कन्टेनर सुक्खा पहिरोका कारण क्षतिग्रस्त भएको र अझै पहिरोमा बग्ने जोखिम रहेको पराजुलीले बताए।

दशैं–तिहारका सामान रोकिँदा व्यवसायी चिन्तित

चीनबाट नेपाल आयात हुने धेरैजसो सामान दशैं, तिहार तथा अन्य चाडपर्वलाई लक्षित हुने भएकाले नाका बन्द हुँदा व्यवसायी थप चिन्तित बनेका छन्।

व्यवसायीले सिजनलाई लक्षित गरेर ठूलो लगानीमा सामान मगाए पनि दुई महिनादेखि बाटोमै रोकिँदा लगानी ‘फ्रिज’ भएको पराजुलीको भनाइ छ। समयमा सामान बजारमा नआए व्यवसायीले ठूलो घाटा व्यहोर्नुपर्ने अवस्था रहेको उनले बताए।

नाका बन्द हुँदा डिटेन्सन, डेमरेज, ढुवानीलगायत अतिरिक्त खर्च बढ्ने भएकाले त्यसको असर उपभोक्तासम्म पुग्ने र चाडपर्वको समयमा केही वस्तुको मूल्य बढ्न सक्ने व्यवसायीहरूको अनुमान छ।

थप नाका सञ्चालन गर्न माग

नेपाल–चीन व्यापारलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउन थप सीमा नाका सञ्चालनमा ल्याउनुपर्ने व्यवसायीहरूले माग गरेका छन्। हाल तातोपानी, रसुवागढी र कोरला नाका सञ्चालनमा रहे पनि तीनवटामै अत्यधिक निर्भर हुँदा एउटा नाका बन्द हुँदा समग्र व्यापार प्रभावित हुने पराजुलीले बताए।

दोलखाको लामाबगर, गोरखा तथा हुम्ला क्षेत्रका सम्भावित नाका सञ्चालनमा ल्याउन व्यवसायीहरूले लामो समयदेखि माग गर्दै आएका छन्। लामाबगर नाका सञ्चालनको सम्भावनाबारे अध्ययन भइरहेको पनि पराजुलीले जानकारी दिए।

पूर्वाधार सुधारमा जोड

सडक, भन्सार यार्ड, आइसिडी, पार्किङ तथा अन्य लजिस्टिक पूर्वाधार सुधार नगरी नेपाल–चीन व्यापारलाई दिगो बनाउन नसकिने व्यवसायीहरूको भनाइ छ।

नेपाल हिमालय सीमापार वाणिज्य सङ्घले विभिन्न मन्त्रालय, विभाग, सांसद तथा सरकारी निकायसँग व्यापारिक नाकाको समस्या समाधानबारे पटक–पटक छलफल गर्दै आएको जनाएको छ। सङ्घका पदाधिकारीले हालै तातोपानी क्षेत्रको स्थलगत निरीक्षणसमेत गरेका थिए।

चीनमा ठूलो बजार, नेपालको निर्यात कमजोर

चीनले नेपालबाट आयात गर्न सकिने ८ हजारभन्दा बढी वस्तुमा सहुलियत दिए पनि नेपालको उत्पादन क्षमता कमजोर हुँदा त्यसको पर्याप्त लाभ लिन नसकिएको व्यवसायीहरूको भनाइ छ।

मासुजन्य वस्तु, सिट्रस फलफूल, कृषि उत्पादन, चिया तथा हस्तकलाका सामग्री चीनमा नेपाली वस्तुका लागि सम्भावनायुक्त क्षेत्र मानिन्छन्। तर अन्तर्राष्ट्रिय मापदण्डअनुसारका प्रयोगशाला, गुणस्तरीय उत्पादन र निर्यात पूर्वाधारको अभावले निर्यात विस्तारमा चुनौती थपेको छ।

हाल नेपालबाट चिया, हस्तकलाका सामग्री, तामाका भाँडाकुँडा, मुडा तथा केही खाद्यवस्तु चीन निर्यात भइरहेका छन्। चीनसँगको व्यापार घाटा कम गर्न उत्पादन क्षमता, गुणस्तर र निर्यात पूर्वाधार विस्तारमा सरकारले विशेष ध्यान दिनुपर्ने व्यवसायीहरूको सुझाव छ।

Advertisement Banner
Previous Post

Myagdi potato output falls 5.37 percent despite larger cultivated area

Next Post

चीनका पूर्वप्रधानमन्त्री झु रोङ्जीको ९७ वर्षमा निधन, आर्थिक सुधारको एक युग अन्त्य

Editorial Team

Editorial Team

Next Post
चीनका पूर्वप्रधानमन्त्री झु रोङ्जीको ९७ वर्षमा निधन, आर्थिक सुधारको एक युग अन्त्य

चीनका पूर्वप्रधानमन्त्री झु रोङ्जीको ९७ वर्षमा निधन, आर्थिक सुधारको एक युग अन्त्य

Recommended

मलाई काम गर्न तागत चाहिएको : ‘फागुन २१ गतेसम्म तपाईंहरूले मेरो भारी बोकिदिनुस्, आउने पाँच वर्ष तपाईंहरूको भारी म बोक्नेछु।’ गगन थापा

मलाई काम गर्न तागत चाहिएको : ‘फागुन २१ गतेसम्म तपाईंहरूले मेरो भारी बोकिदिनुस्, आउने पाँच वर्ष तपाईंहरूको भारी म बोक्नेछु।’ गगन थापा

7 months ago

Extension of last date of ICCR Scholarship Schemes for the academic year 2022-23

4 years ago

Don't Miss

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
NA session endorses special motion on Bhotekoshi disaster

NA session endorses special motion on Bhotekoshi disaster

September 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.