काठमाडौं : नेकपा एकीकृत समाजवादीका काठमाडौं जिल्ला कमिटीका उपाध्यक्ष बटुकृष्ण थापा,सचिव ध्रुवराज न्यौपाने लगायतले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। दशौं महाधिवेशनसम्म आइपुग्दा एकीकृत समाजवादीले पार्टी विभाजनको औचित्य पनि पुष्टि गर्न नसकेको र झनै दक्षिणपन्थी अवसरवादतर्फ अग्रसर भएको भन्दै उनीहरुले पार्टी त्याग गरेको घोषणा गरेका हुन्।
एकीकृत समाजवादीका केन्द्रीय पदाधिकारी र पोलिटव्युरो सदस्यहरुको निर्वाचन भइरहेका बेला काठमाडौंका प्रभावशाली अन्य नेताहरुले समेत पार्टीबाट राजीनामा दिएका छन्।
सचिव न्यौपानेले नेकपा एकीकृत समाजवादी पार्टीमा व्यक्तिवादी चरित्र हावी भएको उल्लेख गरेका छन्। ‘नेपाली कम्युनिष्ट आन्दोलनमा निरन्तर सक्रिय रहने क्रममा आम नागरिक र देशको हितमा काम गर्ने भनेर गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीको कार्यदिशा तथा दशौं महाधिवेशनसम्म आइपुग्दा यो पार्टी झनै दक्षिणपन्थी अवसरवादतर्फ अग्रसर भएको, नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको प्रधान समस्याको निरन्तरता यस पार्टीमा पनि देखिएको, व्यक्तिवादी चरित्र हावी भएको र पार्टी विभाजनको औचित्य पनि पुष्टि गर्न नसकेकाले आजकै मितिबाट एकीकृत समाजवादी पार्टीको साधारण सदस्यसम्म नरहने गरी काठमाडौं जिल्ला सचिवलगायत पार्टी तथा भातृ संगठनको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिई अलग भएको जानकारी गराउन चाहन्छु।’
विज्ञप्तिमार्फत उनले भनेका छन्,‘वामपन्थी आन्दोलन तथा समाजवादी आन्दोलनलाई थप मजबुत बनाउनका लागि विभाजित नभई एकीकृत हुन तथा मजबुत कम्युनिष्ट पार्टी निर्माणमा योगदान पुऱ्याउनुका साथै जनताको बहुदलीय जनवाद (जबज)मार्फत समाजवादको बाटोमा गोलबद्ध हुन सबै न्यायप्रेमी कमरेडहरुमा हार्दिक आह्वान गर्न चाहन्छु।’
न्यौपानेले नेकपा एमालेको साविक कपन गाउँ कमिटीको सदस्य, उपसचिव, संयोजक हुँदै दुई कार्यकाल अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेको उल्लेख गरेका छन्। उनले भनेका छन्,‘वि.सं. २०७२ सालमा सम्पन्न अधिवेशनबाट नेकपा एमाले, काठमाडौं क्षेत्र नं ४ को सचिवमा निर्वाचित भएसँगै संगठन विस्तार र निर्माणमा सक्रिय रहेको तथा पार्टी संगठनसँगै मैले नेकपा एमालेको भ्रातृ संगठनको रुपमा रहेको नेपाल खेलकुद महासंघका विभिन्न कमिटीमा रहेर काम गर्दै गर्दा यसै कालखण्डमा पार्टीले मलाई जिल्ला खेलकुद विकास समिति, काठमाडौंमा अध्यक्षको रुपमा पठाएको जानकारी गराउन चाहन्छु। त्यसपछि, तत्कालीन नेकपा एमाले र माओवादीबीच भएको पार्टी एकतापछि बनेको नेकपाको जिल्ला कमिटीको सदस्यको रूपमा समेत मैले सक्रिय भूमिका निर्वाह गरेको थिएँ।’
Trending Now
- भीमदर्शन रोका स्मृतिकोषद्वारा शशी शाह र सहारा ज्येष्ठ नागरिक समाज सम्मानित
- Mark Carney sworn in as Prime Minister of Canada, new cabinet formed
- Macedonia nightclub fire: 51 dead, 100 injured
- Ghulam Ali, Aamir and Nazir’s voice “Ghazal Unkai Geet Unkai” released.
- The Sinja civilization is being studied for World Heritage listing
- सिएसआर’को रकम सबै प्रदेशमा कम्तिमा १० प्रतिशत खर्च गर्नैपर्ने
- पूर्वराजाको ‘एक्सपेरिमेन्ट’ फेल, संयुक्त जनआन्दोलन समितिमा भाँडभैलो
- प्रहरीमा स्टाफ कलेज कोर्स नरोक्न सर्वोच्चको आदेश
- चैत २८ देखि बिस्का जात्रा, तयारी तीव्र
- भरतपुरका १ सय २९ सुकुम्बासी घरधुरीलाई लालपूर्जा वितरण
Comments are closed.