नेपाली भाषा -साहित्य ,इतिहास ,दर्शनशास्त्र र समाजशास्त्र विषयको सर्वोच्च प्राज्ञिक संस्था नेपाल प्रज्ञाप्रतिष्ठानको ३९ ओैँ प्राज्ञसभा सम्पन्न भएको छ। कार्यक्रम उद्घाटन सत्रका प्रमुख अतिथि , माननीय संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन प्राज्ञसभाको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा उहाँले नेपाली समाज इतिहास र संस्कृतिको पुनर्लेखन गर्दै समाजवादी संस्कृतिलाई अङ्गिकार गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी उद्घाटन सत्रका सभाध्यक्ष तथा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले नेपालको सम्पूर्ण साहित्य ,भाषाभाषी ,संस्कृतिको प्राज्ञिक खोज-अनुसन्धान गर्दै नयाँ संस्कृति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । यसैगरी आफ्नो स्वागत मनतव्यका क्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति विमल निभाले प्राज्ञिक क्षेत्रको समष्टि रूप नै प्रज्ञा हो ,भन्नुभयो।
भाषा आयोगका माननीय अध्यक्ष गोपाल ठाकुरले समग्र भाषाहरूको उत्थान र विकासमा जोड दिँदै नेपाल प्रज्ञाप्रतिष्ठानसँग सधैँ समन्वय गर्दै अघि बढ्ने बताउनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालले स्रष्टाहरूको प्रतिलिपी अधिकार सुरक्षित गर्नेमा आफू तत्पर रहेको बताउनुभयो ।
यस प्राज्ञ सभाको उद्घाटन सत्रलाई नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति नारदमुनि हार्तम्छालीले प्राज्ञिक क्षेत्रको सर्वाङ्गिण विकासका लागि आफू लागि पर्ने बताउनुभयो । त्यस्तै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति निशा शर्माले एकआपसमा सांस्कृतिक क्षेत्रको उन्नयन र सहकार्यका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । उद्घोषण यस प्रज्ञाप्रतिष्ठानका अभिलेख सङ्ग्रहालय प्रमुख सन्ध्या पहाडीले गर्नुभएको थियोे ।
Trending Now
- धीरकुमार श्रेष्ठको ‘आख्यानको आँखीझ्याल’ र ‘अध्ययन विश्लेषण’ पुस्तक लोकार्पण
- साहित्यकार गाम्नागेको कृति ‘दलालशाला’ झापा र दुबईबाट एकसाथ विमोचन
- Iranian President warns Trump not to risk ‘war’
- राष्ट्रपतिद्वारा तीन गैरआवासीय राजदूत नियुक्त
- Israel and Hamas ended a 15-month war, with a full ceasefire effective Sunday.
- नेविसंघले माग्यो त्रिविका उपकुलपति बरालको राजीनामा
- पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २ रुपैंयाले बढ्यो
- यस्ता छन् सरकारले ल्याएका पाँच अध्यादेश
- Meeting between Nepali Congress leader Koirala and Martin.
- सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ: गृहमन्त्री लेखक
Comments are closed.