नेपाल प्रज्ञा प्रतिष्ठानको ४०औं प्राज्ञ सभा सम्पन्न गरिएको छ। प्राज्ञ सभा उद्घाटन सत्र र बन्द सत्र गरी २ चरणमा सम्पन्न भएको थियो ।
पहिलो चरणको उद्घाटन समारोहमा प्रमुख संरक्षक प्रधान मन्त्री उपस्थित हुन नसक्ने भएपछि संरक्षक संस्कृति तथा पर्टन मन्त्री आउने भएकोमा उनी पनि पिताको देहान्त भएर आउने अवस्था भएन । त्यसैले पूर्व कुलपति वैरागी काईंला र कुलपति भूपाल राइले संयुक्त रुपमा पानसमा बत्ती बालेर प्रज्ञा सभाको उद्घाटन गरिको थियो ।
कुलपती भूपाल राइको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर , ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारद हार्तम्छाली,नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा, वैरागी काईंला लगायतले सम्बोधन गरेका थिए ।
उद्घाटन सत्रमा सामाजिक शास्त्र बिभागको संयोजकत्वमा प्रकाशित “समाज अन्वेषण” जर्नल कुलति राई, पूर्व उपकुलपति बैरागी काईंला तथा समाज शास्त्र विभागकी प्रमुख डा. कौशिला रिसालले विमोचन गरेका थिए ।
त्यसपछिको बन्द सत्रमा प्रज्ञा सभाले बिभिन्न निर्णयहरु पारित गरेको थियो ।
प्रज्ञा सभाले नेपाल प्रज्ञा प्रतिष्ठानलाई परिवर्तित संघिय गणतान्त्रिक नेपालको अनुभूति गराउने सौन्दर्य शास्त्र निर्माण गर्ने, प्रज्ञा नेपाली शब्दकोषलाई परिमार्जन गर्ने, संघिय लोकलान्त्रिक गणतन्त्र नेपालको चिनारी गराउने नेपाल दिग्दर्शन प्रकारको ग्रन्थ सातै प्रदेशबाट प्रकाशित गर्ने निर्णय भएको कुलपति राईले विश्वपरिक्रमासँग कुरा गर्दै बताए । उनले ११ वटै बिभागलाई बहुभाषिक बनाउने निर्णय भएको बताए ।
Trending Now
- Jammu and Kashmir: 28 people, mostly tourists, killed in terrorist attack in Pahalgam
- कवि तथा गीतकार पुष्पा खनालको जिउनै पर्छ गीत सार्वजनिक
- दमन्ता खनाल स्मृति स्रस्टा सम्मानद्वारा तिवारी आमा सम्मानित
- आजदेखि जुम्लामा हिमाली संवाद, तयारी पूरा
- २१ दिनदेखि सडकमा छन् आन्दोलित शिक्षक
- आज एमालेले ‘नेकपा’ स्थापना दिवस: विशेष कार्यक्रम गर्दै
- Yamal wins ‘Breakthrough Player of the Year’ award
- UAE Deputy Prime Minister to visit Nepal, high-level meetings scheduled
- Pope Francis passed away
- ‘नरसिंहा : अवतार’को पोस्टर सार्वजनिक
Comments are closed.