Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

११ बुँदे घोषणापत्र जारी गर्दै छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन सम्पन्न

Editorial Team by Editorial Team
March 11, 2026
in Literary Festival & Event, Literature, Nepal, News
0
११ बुँदे घोषणापत्र जारी गर्दै छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन सम्पन्न
0
SHARES
90
VIEWS
Share on FacebookShare on Twitter

 

अमेरिका –११ बुँदे घोषणापत्र जारी गर्दै छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। मार्च ६ देखि ८ सम्म अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टामा आयोजित उक्त सम्मेलन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय महिला समितिको आयोजनामा तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जर्जिया च्याप्टरको संयोजनमा सम्पन्न भएको हो। कार्यक्रम ११६औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजना गरिएको थियो।

सम्मेलनको पहिलो दिन, मार्च ६ मा सहभागी साहित्यकार, अतिथि तथा प्रतिनिधिहरूबीच अनौपचारिक भेटघाट, स्वागत तथा परिचयात्मक कार्यक्रम सन्ध्याकालीन भोजनसहित सम्पन्न भएको थियो।
सम्मेलनको दोस्रो दिन, मार्च ७ मा आयोजित उद्घाटन सत्र उर्मिला निर्दोषी (संयोजक, अनेसास केन्द्रीय महिला समिति) को सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन अनेसास केन्द्रीय कार्यसमितिका कोषाध्यक्ष तारा अधिकारी तथा केन्द्रीय सदस्य शकुन ज्ञवालीले संयुक्त रूपमा गरेका थिए ।
उक्त सत्रमा कार्यक्रमका प्रमुख अतिथि जर्जियाका स्टेट सिनेटर शेख रहमानले पानसमा दीप प्रज्वलन गरी सम्मेलनको उद्घाटन गरेका थिए । उद्घाटन मन्तव्यका क्रममा उनले अमेरिका बहुसांस्कृतिक समाज भएको उल्लेख गर्दै आप्रवासी समुदायले आफ्नो भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्नु अत्यन्त आवश्यक रहेको बताए। भाषा बिर्सिए पहिचान हराउने उल्लेख गर्दै बाल्यकालदेखि नै मातृभाषा सिकाउने परम्परा सुदृढ गर्नुपर्ने र यस कार्यमा आमाहरूको भूमिका विशेष महत्त्वपूर्ण हुने कुरामा उनले जोड दिएका थिए ।
उद्घाटन सत्रमा अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले, अनेसास बोर्ड अफ ट्रस्टिजका सभापति पदम विश्वकर्मा लगायत बोर्ड अफ ट्रस्टिजका पदाधिकारीहरू, केन्द्रीय कार्यसमितिका सदस्यहरू, सल्लाहकारहरू, अनेसासका विभिन्न च्याप्टरका प्रतिनिधिहरू तथा जर्जिया राज्यमा क्रियाशील नेपाली संघ–संस्थाका प्रतिनिधिहरूले सम्मेलनको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए। वक्ताहरूले अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा महिला सशक्तिकरण तथा महिला साहित्यको विकासमा अनेसासले निर्वाह गरेको भूमिकाबारे चर्चा गरेका थिए ।
कार्यक्रममा समाजसेवी डा. प्रह्लाद पन्त तथा उनकी श्रीमती बिन्दु पन्तलाई जर्जिया राज्यस्थित नेपाली समुदायमा पुर्‍याएको सामाजिक सेवाको योगदानको कदरस्वरूप दोसल्ला तथा ताम्रपत्र प्रदान गरी सम्मान गरिएको थियो। साथै अनेसास जर्जिया च्याप्टरका संस्थापक अध्यक्ष चेतनाथ घिमिरे तथा वर्तमान अध्यक्ष मीरा कोइरालालाई पनि सम्मान गरिएको थियो। यसै गरी कार्यक्रममा हेमराज सापकोटाको जीवनीमा आधारित पुस्तक Extraordinary Life of a District Administrator तथा तारा उप्रेतीको पुस्तक My Life So Far को लोकार्पण गरिएको थियो।
कार्यक्रमको दोस्रो चरणमा अनेसास ह्युस्टन च्याप्टरकी उपाध्यक्ष साधना शर्माद्वारा सञ्चालित कविता वाचन कार्यक्रममा अम्बिका लोहनी, शान्ता घिमिरे अधिकारी, लक्ष्मी श्रेष्ठ, तारा अधिकारी, ज्योति अधिकारी, उर्मिला निर्दोषी, भारती गौतम, तारा उप्रेती, डा. थोमस बास्तोला, विष्णु पंगेनी, डा. राम सिग्देल, मुना आचार्य, सीता अधिकारी तथा रमा बुढाथोकी लगायतका साहित्यकारहरूले आफ्ना रचना वाचन गरेका थिए ।
कार्यक्रमको तेस्रो चरणमा महिला र महिला साहित्य सम्बन्धी विविध विषयमा कार्यपत्रहरू प्रस्तुत गरिएको थियो। सिक्किम (भारत) बाट प्राध्यापक डा. कविता लामाले “विश्वमञ्चमा नेपाली नारी: नयाँ पुस्ताका लागि सिर्जनाशक्ति” विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । त्यसैगरी अनेसास केन्द्रीय सदस्य तारा उप्रेतीले “नेपाली साहित्यमा महिला: हिजो र आज तथा पारिजात” विषयमा र साहित्यकार भारती गौतमले “डायस्पोरामा नेपाली नारीको सिर्जनात्मक भूमिका” विषयमा कार्यपत्र प्रस्तुत गगरेकी थिइन् । कार्यक्रममा अनेसास बोर्ड अफ ट्रस्टिजका उपाध्यक्ष तीर्थराज पाण्डेयले पनि कार्यपत्र प्रस्तुत गरेका थिए। दोस्रो दिनको अन्तिम प्रस्तुतिका रूपमा सञ्चारकर्मी तथा विश्व भ्रमणकर्ता साइकल यात्री प्रेम बानियाँको टोलीद्वारा निर्मित डकुमेन्ट्री फिल्म Zero to 8848m प्रदर्शन गरिएको थियो।
सम्मेलनको अन्तिम दिन, मार्च ८ मा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महिला साहित्यकारहरूको भूमिका सुदृढ गर्ने उद्देश्यसहित ११ बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन औपचारिक रूपमा सम्पन्न गरिएको थियो।
घोषणापत्रमा नेपाली साहित्यका विभिन्न विधामा महिला स्रष्टाहरूको खोज, अनुसन्धान तथा कृतिहरूको प्रकाशनलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। त्यसैगरी प्रवासमा हुर्कँदै गरेको नयाँ पुस्तामा नेपाली भाषा र संस्कृतिको पुस्तान्तरणका लागि बालसाक्षरता कक्षा, साहित्यिक कार्यक्रम, बालकृति प्रकाशन तथा विभिन्न प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्ने विषय समेटिएको छ।
घोषणापत्रमा भाषा, साहित्य र संस्कृतिको संरक्षणमा आमाहरूको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै उनीहरूलाई संगठित गरी नयाँ पुस्तामा नेपाली पहिचान हस्तान्तरण गर्ने योजनासमेत समावेश गरिएको छ। त्यसैगरी महिला सशक्तिकरण, लैंगिक समानता तथा विश्वव्यापी महिला सहकार्यलाई सुदृढ बनाउने लक्ष्य पनि अघि सारिएको छ। महिला, पुरुष तथा तेस्रो लिंगी समुदायबीच समानता र सम्मान स्थापित गर्दै स्वस्थ प्रतिस्पर्धासहित सशक्त समाज निर्माणमा साहित्यले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा घोषणापत्रले जोड दिएको छ।

घोषणापत्रमा नेपाली भाषा–साहित्यको संरक्षणका लागि डिजिटल माध्यममार्फ

Advertisement Banner
Previous Post

युद्धका क्रममा इरानलाई गुप्तचर जानकारी नदिएको पुटिन को भनाई

Next Post

Nepal: Remittance inflows increases by almost 40 per cent

Editorial Team

Editorial Team

Next Post
Nepal’s macroeconomic and financial status satisfactory, central bank report states

Nepal: Remittance inflows increases by almost 40 per cent

Recommended

ADB provides USD100 million loan to strengthen fiscal federalism in Nepal

ADB provides USD100 million loan to strengthen fiscal federalism in Nepal

9 months ago
Seventy-fifth World Health Assembly to focus on “Health for Peace, Peace for Health” for recovery and renewal

WHO to reconvene monkeypox emergency committee on 21st July

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.