Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन एटलान्टा जर्जियामा आयोजना हुँदै

himalaya Diary News Service by himalaya Diary News Service
November 19, 2025
in Literary Festival & Event, Literature, Women
0
छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन एटलान्टा जर्जियामा आयोजना हुँदै
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय महिला समितिको आयोजनामा आगामी २०२६ मार्च ६ देखि ८ सम्म एटलान्टा, जर्जियामा छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन आयोजना हुने भएको छ । यस वर्षको सम्मेलनको नारा “महिलाका सिर्जनशीलता, विश्व तराजुको सन्तुलन” घोषणा गरिएको छ, जसले विश्वभरका महिला साहित्यकारहरूको सृजनात्मक शक्तिलाई सम्मान गर्दै साहित्यिक योगदानको महत्त्वलाई प्रतिविम्बित गर्दछ।

यस वर्षको सम्मेलन अनेसास जर्जिया च्याप्टरको संयोजनमा सम्पन्न हुनेछ। सम्मेलनको सञ्चालनका लागि अनेसास जर्जिया च्याप्टरकी अध्यक्ष मीरा कोइरालालाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ। संयोजक कोइरालाले जर्जिया च्याप्टर कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न पूर्ण रूपमा जुटेको र आगन्तुक पाहुनाहरूलाई हार्दिक स्वागत गर्न आतुर रहेको जानकारी दिनुभएको छ । केन्द्रीय महिला समितिकी संयोजक उर्मिला निर्दोषीले सम्मेलनमा विश्वभरिका महिला साहित्यकारहरूको उत्कृष्ट र उत्साहजनक सहभागिता रहने विश्वास व्यक्त गर्दै यो सम्मेलनलाई अन्तर्राष्ट्रिय सृजनशीलता उत्सवका रूपमा स्थापित गर्न सबै पक्षको ऊर्जा र प्रतिबद्धता महत्वपूर्ण रहेको बताउनुभयो ।

मार्च ६ का साँझ अनेसास जर्जिया च्याप्टरद्वारा आयोजित स्वागत रात्रिभोजबाट सम्मेलन प्रारम्भ हुनेछ । मार्च ७ मा सम्मेलनको औपचारिक उद्घाटनसँगै कार्यपत्र प्रस्तुति, साहित्यिक रचना वाचन तथा विभिन्न विषयगत छलफल सत्रहरू सञ्चालन गरिनेछन् । अन्तिम दिन मार्च ८ मा समापन समारोह सम्पन्न गरिनेछ र त्यसपछि सहभागीहरूलाई एटलान्टा आसपासका प्रमुख पर्यटकीय स्थलहरूको भ्रमण गराइने कार्यक्रम रहेको छ । सम्मेलन एटलान्टास्थित नेपाली सांस्कृतिक केन्द्रको भवनमा हुनेछ। सहभागी पाहुनाहरूका लागि सहुलियत दरमा होटेल रुम बुकिङको व्यवस्था मिलाइएको छ, जसका लागि तल दिइएको लिंक प्रयोग गर्न सकिनेछ ।

Advertisement Banner
Previous Post

‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८२’ साहित्यकार रमेश क्षितिजको आख्यान ‘एउटा मायी नगरमा’ लाई

Next Post

स्याङ्जामा ‘देवकोटा काव्य उत्सव– २०८२ तथा स्रष्टा सम्मान समारोह’को आयोजना

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
स्याङ्जामा ‘देवकोटा काव्य उत्सव– २०८२ तथा स्रष्टा सम्मान समारोह’को आयोजना

स्याङ्जामा ‘देवकोटा काव्य उत्सव– २०८२ तथा स्रष्टा सम्मान समारोह’को आयोजना

Recommended

6.6 Magnitude Earthquake Strikes Indonesia’s Sumatra Island

7.0 magnitude earthquake strikes off Taiwan Coast

3 months ago
कथा दिवसको अवसरमा सापसद्वारा सर्जकहरू सम्मानित

कथा दिवसको अवसरमा सापसद्वारा सर्जकहरू सम्मानित

5 days ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.