Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

कथा दिवसको अवसरमा सापसद्वारा सर्जकहरू सम्मानित

Editorial Team by Editorial Team
April 5, 2026
in Awards, Literature, Nepal, News
0
कथा दिवसको अवसरमा सापसद्वारा सर्जकहरू सम्मानित
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –साहित्यिक पत्रकार सङ्घ (Literary Journalist Association) ले आज ४५ औं कथा दिवसको अवसरमा सम्मान एवं पुरस्कार समर्पण समारोहको आयोजना गर्‍यो ।
सो अवसरमा भवानी साहित्यिक पत्रकारिता सम्मानबाट साहित्यिक पत्रकार रमेश पोखरेल (कार्यकारी सम्पादक, शब्द संयोजन मासिक) र साहित्यिक पत्रकार प्रवीण जोशी (शृङ्खला साहित्यिक मासिकको संपादक/प्रकाशक), लोकप्रिया पुरस्कारबाट साहित्यकार प्रतिसरा सायमि, व्यथित काव्य सम्मानबाट कविहरू विमला तुम्खेवा र मीनकुमार श्रेष्ठ ‘नवोदित’ सम्मानित र पुरस्कृत हुनुभयो । आजै व्यथित काव्य डायस्पोरा सम्मानबाट सम्मानित गरिने घोषणा गरिएका कविहरू लालगोपाल सुवेदी र दीपा राई पुन अमेरिकामा रहनु भएकोले पछि प्रदान गरिने भएको छ ।

साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षता सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कलाकार के के कर्माचार्यले सम्मान र पुरस्कार समर्पण गर्नुभएको थियो ।
कार्यक्रममा सम्मानित र पुरस्कृत स्रष्टाहरूको परिचय वरिष्ठ समालोचक प्रमोद प्रधानले दिनुभएको थियो । यसैगरी सो सम्मान र पुरस्कारका लागि गरिएको चयनका बारेमा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ “रोदन”ले स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष लेकालीले कार्यक्रमको उद्देश्य र महत्त्वमा प्रकाश पार्दै कथा दिवसबारे जानकारी दिनुभएको थियो । यसैगरी प्रमुख अतिथि के के कर्माचार्यले सम्मान र पुरस्कारका लागि असल पात्रहरूको चयन भएको बताउँदै यस्ता सम्मानबाट स्रष्टाहरूलाई अझ सक्रिय भएर अघि बढ्न प्रेरित गर्ने उल्लेख गर्नुभएको थियो ।
कार्यक्रममा सम्मानित र पुरस्कृत सर्जकहरू रमेश पोखरेल, प्रवीण जोशी, प्रतिसरा सायमि, विमला तुम्खेवा र मीनकुमार श्रेष्ठ ‘नवोदित’ले पनि आआफ्नो मन्तव्य राख्नुभएको थियो ।
शारदा मासिकका सम्पादक विमल भौकाजीले लघुकथा वाचन गरेर उद्घाटन गरिएको सो कार्यक्रमको सहजीकरण कवि एवं कथाकार मणि लोहनीले गर्नुभएको थियो ।
साहित्यिक पत्रकार सङ्घका कोषाध्यक्ष पद्मावती सिंहले धन्यवाद ज्ञापन गर्नुभएको सो कार्यक्रममा सङ्घ पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, लोकप्रिया पुरस्कारदाता शशी रिमाल, इन्जिनियर शङ्करनाथ रिमाल, गीतकार शोभित उप्रेती, वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र के.सी., साहित्यकारहरू हिरण्यकुमारी पाठक, पवन आलोक, मातृका पोखरेल, रामप्रसाद पन्त, प्रद्युम्न जोशी, बालकृष्ण श्रेष्ठ, नरेन्द्रराज पौडेल, शेखर ढुङ्गेल, अमर प्रधान, डी. आर. राई, जयदेव भट्टराई, विमल वैद्य, शरद प्रधान, विजयध्वज थापा, गोपीकृष्ण प्रसाईं लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

साहिय्यिक पत्रकार सङ्घको परिचय :
नेपाली भाषा, साहित्य, कला, संस्कृति र साहित्यिक पत्रकारिताका लागि क्रियाशील साहित्यिक पत्रकार सङ्घको स्थापना वि. सं. २०२९ साउन २९ गते भएको हो । अहिले सङ्घले ५३ वर्ष पूरा गरिसकेको छ ।
सङ्घले उल्लिखित विधाहरूमा आफ्नो स्थापनाकालदेखि नै रचनात्मक क्रियाकलापहरू सम्पन्न गर्दै आइरहेको छ । यसले राष्ट्रको साहित्यिक तथा सांस्कृतिक गरिमा अभिवृद्धि गर्ने काममा अग्रसर हुँदै आएको छ ।
साहित्यिक पत्रकार सङ्घले वि.सं. २०३८ देखि प्रत्येक वर्ष चैत १९ गते कथा दिवस मनाउँदै आएको छ । यस्तै कवितायात्रा, साहित्यिक बनभोज, आत्मवाचन कार्यक्रम, सम्मान, अभिनन्दन लगायतका कार्यक्रमहरूसहित मैनाली कथा पुरस्कार, व्यथित काव्य पुरस्कार, लोकप्रिया पुरस्कार, भवानी साहित्यिक पत्रकारिता पुरस्कार, सापस साहित्यिक पत्रकारिता पुरस्कार, परशु-चन्द्र सङ्गीत सम्मान आदि पनि प्रदान गर्दै आएको छ । यस्तै मुस्याचु पुरस्कार, हरिहर शास्त्री-सावित्रीदेवी साहित्य पुरस्कार, इतिहास-संस्कृति अन्वेषण बुवन पुरस्कार लगायतका पुरस्कारको संचालन पनि गरिसकेको छ ।
यसले वि.सं. २०४६ देखि २०६४ सालसम्म गाईजात्रे कार्यक्रमको आयोजना, स्रष्टाहरूको सम्मान, अभिनन्दन, रथारोहणजस्ता कार्यक्रम गर्दै आएको छ । यस्तै कविता क्यासेट, स्मारिका, सिर्जना बुलेटिन लगायत विभिन्न स्रष्टाका कृति पनि प्रकाशन प्रकाशन गर्दै आइरहेको छ ।

Advertisement Banner
Previous Post

शिवपुरी सहाहित्य समाजको वार्षिकोत्सव सम्पन्न

Next Post

‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ मालावती काफ्लेलाई

Editorial Team

Editorial Team

Next Post
‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ मालावती काफ्लेलाई

‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ मालावती काफ्लेलाई

Recommended

‘पिरिम लाउ है’ सार्वजनिक

‘पिरिम लाउ है’ सार्वजनिक

7 months ago
Nepal: Secondary school’s computer block built with India’s assistance inaugurated in Parbat

Nepal: Secondary school’s computer block built with India’s assistance inaugurated in Parbat

4 years ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.