सेनाले ४५ थान (एपीसी) आर्मड् पर्सनल क्यारियर जांच पास गराएर ल्याए

टिमुरे । नेपाली सेनाले टिमुरे भन्सार कार्यालयबाट आर्मड् पर्सनल क्यारियर (एपीसी) बख्तरबन्द गाडी छुटाएको छ । चीनबाट ल्याएको ६ अर्ब रुपैयाँ बराबरको एपीसी गाडी लगायतको सामान २९ करोड रुपैयाँ भन्सार तिरेर जाँचपास भएको हो । सेनाले ४५ थान एपीसीको लागि २७ करोड ३९ लाख ७१ हजार ६ सय रुपैयाँ राजस्व बुझाएको छ। संयुक्त राष्ट्रसंघको मिसनमा खटिने शान्ति सेनाका लागि सो एपीसी ल्याइएको हो। त्यस्तै सेनाले एपीसीमा प्रयोग हुने अन्य सामान २ करोड १५ लाख ८९ हजार ९ सय रुपैयाँ राजस्व तिरेको छुटाएको हो ।
नेपाली सेनाले कम्पनी ठेक्का मार्फत चिनियाँ कम्पनीसँग खरिद गरेको एपीसी लगायत सामान अहिले टिमुरे भन्सार कार्यालयबाट राजस्व दाखिला गरेर छुटाइएको छ। भन्सार कार्यालयमा आइपुगेको झन्डै दुई सातापछि राजस्व बुझाएर सामान छुटाएको हो। नियमअनुसार आयातकर्ताले आयातित सामग्री ६० दिनसम्म गोदाममा राख्न सक्छ। ६० दिनभित्र जाँच पास नगरे भन्सार कार्यालयले उपयुक्त लागेमा समय थप दिन वा ‘सिज’ नै गर्न सक्छ। नेपाली सेनाले नै सामान ल्याएको भन्सारको रेकर्डमा देखिएको छ।सेनाका लागि २१ वटा एपीसी ल्याउन एलसी खोलिएको थियो।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा सेनाले चीनबाट हतियार खरिद प्रक्रिया अगाडि बढाएको थियो । नेपाली सेनाले चीनबाट २६ एपिसी, ७२ वटा ट्याक्टीकल भेइकल र गोली खरिद गर्ने प्रक्रिया अघि बढाएको थियो । कांग्रेस नेताका आफन्त लोकेन्द्र कार्की(पूर्व मन्त्री ज्ञानेन्द्र कार्कीका भाइ)नै यो ठेक्का प्रकरणमा जोडिएका कारण अहिले कांग्रेस सभापति देउवादेखि अन्य नेताहरु पनि चासो राखिरहेका छन् । स्रोतका अनुसार, चीनबाट हतियार खरिद गराउने भूमिका सेना भित्र अर्बौंका ठेक्का हात पार्दै आएको ठेकेदार लोकेन्द्र कार्की सक्रिय रहेको बताइन्छ । उनी विगत पनि सेनाका हतियार खरिद र सेनाको अन्य ठेक्कामा संलग्न रहँदै आएका छन् । सेनाको सैनिक कल्याणकारी कोषको रकमबाट यी सामाग्री खरिद गर्न खोजिएको हो ।

Comments are closed.