काठमाडौँ । कविशिरोमणि लेखनाथ पौड्यालको गजलको श्रव्य–दृश्य सार्वजनिक गरिएको छ । सङ्गीतकार एवं गायक सन्तोष श्रेष्ठको सङ्गीत र स्वर रहेको गजलमा श्रेष्ठ स्वयंको अभिनय छ ।
शनिबार नेपाली शिक्षा परिषद् लेखनाथ साहित्य सदनमा गीतकार, समालोचक प्राडा कृष्णहरि बराल र समालोचक प्रा. रमा शर्माले उक्त गजलको श्रव्य–दृश्य सार्वजनिक गरे । अग्रज स्रष्टाप्रतिको सम्मान गर्ने परम्परालाई सिर्जनशील रूप दिँदै आएका सन्तोषले यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको गजल ‘आकाशमा शशी छन्’को पनि श्रव्य–दृश्य सार्वजनिक गरिसकेका छन् ।
प्राडा बरालले सन्तोषले अग्रज स्रष्टाहरूका गजललाई गायनमा ल्याएर गजलका साथै स्रष्टाको समेत सम्मान गरेका बताए । कवि, कथाकार, नाटककार, निबन्धकारका रूपमा मात्र चिनिँदै आएका पुराना स्रष्टाहरूले गजल पनि लेखेका रहेछन् भन्ने आफूले विद्यावारिधिको शोध गर्ने क्रममा फेलापारेको उल्लेख गर्दै बरालले ती गजल सन्तोषले सङ्गीतमा ल्याउँदा खुसी लागेको सुनाए ।
नेपाली शिक्षा परिषद्की अध्यक्षसमेत रहेकी समालोचक शर्माले सन्तोषले लेखनाथलाई गजलकारका रूपमा समेत चिनाउन गरेको कर्म सराहनीय भएको बताइन् ।
सङ्गीतकार, गायक श्रेष्ठले अग्रजहरूप्रति श्रद्धा र सम्मान गर्नु अनुज स्रष्टाको कर्तव्य भन्दै आफूले अग्रज स्रष्टालाई नै तीर्थ धाम र उनीहरूका सिर्जनालाई प्रसाद ठानेको बताए । ‘कुनै लाभको अपेक्षाले नभएर सम्मान र श्रद्धाले यी काम गरेको हुँ’ श्रेष्ठले भने, ‘मैले यसबाट सन्तुष्टि पाउँछु ।’ श्रव्य–दृश्यको निर्देशन हेमप्रभास अधिकारीले गरेका हुन् भने सम्पादन वीरेन्द्र भाट ‘विपीन’ ले गरेका हुन् ।
Trending Now
- ३० लाख ग्राहक छन इन्टरनेटका : एकतिहाइ बजार वर्ल्डलिंकको, २० ठूला कम्पनी यी हुन्
- १२ वर्षे महाकुम्भ मेला भारतमा सुरु, ४० करोड तीर्थालु आउने अनुमान
- पोखरामा नारी स्रष्टा विशेष कवि गोष्ठी सम्पन्न
- Biden, Netanyahu discuss ceasefire, hostage release.
- Taliban do not consider women as human: Malala Yousafzai
- पाँच वर्षमा एक खर्ब सात अर्ब ६६ करोड २७ लाखभन्दा बढी कृषि अनुदान वितरण
- More than 100,000 girls to be vaccinated against cancer in Kathmandu
- २७ वटा ऐन एकैपटक संशोधन हुने
- कवि तुलबहादुर रास्कोटी मगरको “आमाको ममता” कवितासंग्रह सार्वजनिक
- China launches energy-saving ‘carbon fiber metro train’
Comments are closed.