फिल्म‘फिरफिरे फिरिरी’को शुभ–मुहुर्त

काठमाडौँ । विन्ध्यवासिनी क्रियसनको ब्यानरमा मनोज कुमार अधिकारीको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘फिरफिरे फिरिरी’ शुभमुहुर्त गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमकाबिच मुहूर्तसँगै फिल्मको छायाङ्कन सुरु गरिएको हो । फिल्मको जेष्ठको पहिलो साता भित्र छायाङ्कन सक्ने लक्ष्य निर्माण युनिटको छ । आगामी दसैँमा रिलिज गर्ने योजनासहित फिल्म निर्माण हुन लागेको हो । निर्माता अधिकारीले यसअघि ‘नौ डाँडापारी’, ‘मङ्गलसूत्र’ जस्ता फिल्म निर्माण गरेका थिए ।फिल्मको निर्देशन नवीन भट्टले गर्दै छन् । भट्टको यो निर्देशनमा डेब्यु फिल्म हो । सोसल हरर कमेडिजनरामा निर्माण हसन लागेको फिल्मका लेखक सन्दिप श्रेष्ठ तथा नवीन भट्ट हुन् ।फिल्ममा शंकर सेढाई, भावना उप्रेती, रविना केसी, पिटर प्रिन्स, सन्दिप श्रेष्ठ र मनोज कुमार अधिकारीको अभिनय रहनेछ ।जीतु तामाङ्गको छायाङ्कन, पिटर प्रिन्स कार्यकारी निर्माता रहेको फिल्ममा प्रशान्त सिवाकोटीले सङ्गीत दिनेछन् ।

Comments are closed.