Trending Now

इजरायलमा ज्यान गुमाएका तीन विद्यार्थीको शव काठमाडौं आइपुग्यो

काठमाडौं । इजरायलमा प्यालेस्टिनी समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका १० नेपाली विद्यार्थी मध्ये तीन जनाको शव काठमाडौं आइपुगेको छ ।

पहिलो चरणमा नारायणप्रसाद न्यौपाने, दीपेशराज विष्ट र लोकेन्द्रसिंह धामीको शव काठमाडौं आइपुगेको हो । आशिष चौधरीको शव भने आज दिउँसो आइपुग्दै छ ।

न्यौपानेको शव गएराति काठमाडौं ल्याइएको थियो । न्यौपानेको शवलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

आज बिहान ल्याइपुर्‍याइएका धामी र विष्टको शव पनि त्रिवि शिक्षण अस्पतालमै लगिएको छ । आशिषको शव पनि आइपुगेपछि चारवटै शव अपराह्न दुई बजे नेपाली सेनाको हेलिकप्टरमार्फत कैलाली सदरमुकाम धनगढी लगेर परिवारलाई जिम्मा लगाउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आक्रमणमा मारिएका थप ६ जना विद्यार्थीको शव इजरायलमा नै छ । आवश्यक प्रक्रिया पूरा गरेपछि ती शव पनि नेपाल पठाउने योजना छ ।

Comments are closed.