अदालतको फैसला सञ्चार क्षेत्र नियन्त्रणको नजीर नबनोस् : पत्रकार महासंघ

काठमाडौं । नेपाल पत्रकार महासंघले अदालतको कुनै पनि फैसला र निर्णय सञ्चार क्षेत्रको नियन्त्रणका लागि नजिर बन्न नहुने बताएको छ ।बिहीबार महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी गरी सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्रीहरूको बारेमा चित्त नबुझेका विषयहरू प्रचलित कानुनको अधिनमा रही प्रेस काउन्सिल नेपाल र अदालतबाट निरुपण हुनुर्ने कुरामा महासंघ अडिग रहेको बताएकाछन् ।तर सञ्चार क्षेत्रका विषयमा हुने कुनै पनि निर्णय वा फैसला नेपालको संविधानको प्रस्तावनामा उल्लिखित पूर्ण प्रेस स्वतन्त्रता र संविधानमा व्यवस्था भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता अनुरुप हुनुपर्ने महांघले बताएको छ ।
‘कुनै पनि फैसला र निर्णय सञ्चार क्षेत्र नियन्त्रणका लागि दीर्घकालीन नजिर नबसोस भन्ने कुरामा महासंघ सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ’, महासचिव पुरीले विज्ञप्तिमा भनेका छन् ।सञ्चारमाध्यमको विविधिकरणसँगै नयाँ चुनौतीहरू पनि थपिँदै गएकाले पुराना कानुनले मात्रै अहिलेको सञ्चार क्षेत्रलाई व्यवस्थित सम्बोधन गर्न सम्भव नभएको भन्दै महासंघले समय सान्दर्भिक कानुनहरु छिटो निर्माण गर्न पनि आग्रह गरेको छ ।

Comments are closed.