काठमाडौं,नेपालबोर्डर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले भाद्र १३ गते अनेसास बोर्ड अफ ट्रस्टीको सल्लाहकार मुक्तकमणि तीर्थ अधिकारीसँग साक्षात्कार कार्यक्रम तथा उहाँद्वारा लिखित मुक्तकसङ्ग्रह सारवतको परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ।
च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार ज्ञानुवाकर पौडेल थिए । अनेसासकी उपाध्यक्ष मञ्जिला शर्माको स्वागत मन्तव्यपश्चात् दीप प्रज्ज्वलन गरेर विधिवत कार्यक्रम सञ्चालन भएको थियो ।
अनेसास नेपाल च्याप्टरद्वारा मुक्तकमणि तीर्थ अधिकारीलाई माला दोसल्ला ओढाएर सम्मानपत्र वाचन गर्दै सम्मान गरिएको थियो ।
सारवत मुक्तकसङ्ग्रहमाथि साहित्यकार लीला लुइटेल, समालोचक महेश पौड्याल, प्रा।डा। लक्ष्मणप्रसाद गौतम, मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने र सुनिल अधिकारीले परिचर्चा गरेका थिए ।
परिचर्चाकारहरुले नेपाली मुक्तकको इतिहासदेखि वर्तमानसम्म मुक्तक विधाका विषयमा चर्चा गर्दै मुक्तकमणि तीर्थराज अधिकारीको सारवत मुक्तकसङ्ग्रहको महत्व र सङ्ग्रहले मुक्तक जगत्मा थपेको उत्साह र योगदानका विषयमा घनिभूत चर्चा गरेका थिए ।
कार्यक्रममा अनेसास नेपाल च्याप्टरकी सदस्य इन्दिरा ढकालले स्वदेश गान गाएर कार्यक्रममा रौनकता थपेकी थिइन् ।
कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, समालोचक युवराज मैनाली, प्रा.डा.गोविन्दमान सिंह कार्की प्रा.डा.रामप्रसाद दाहाल आदिले मुक्तकमणि तीर्थराज अधिकारीलाई शुभकामना दिँदै कृति सफलताको कामना गरेका थिए ।
प्रमुख अतिथि वरिष्ठ साहित्यकार ज्ञानुवाकर पौडेलले मुक्तकमणिसँगको आफ्नो सम्बन्ध र नेपाली मुक्तक जगत्मा उनले पुर्याएको योगदानका विषयमा चर्चा गर्दै वर्तमान अवस्थामा मुक्तक विधाले जसरी व्यापकता पाएको छ त्यो कुरा आफूले करिब ३० वर्षअघि कल्पना गरेको कुरा बताएका थिए ।
प्रमुख अतिथिको मन्तव्यपश्चात् वक्ताहरुलाई स्मृतचिह्न प्रदान गरिएको थियो ।अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष निर्मलरमण पराजुलीले आकर्षक रुपमा सञ्चालन गरेको उक्त कार्यक्रमलाई समापन गर्ने क्रममा कार्यक्रमका सभापति तथा अनेसासका अध्यक्ष राजेन्द्र केसीले तीर्थ अधिकारी मुक्तकमणिमात्र नभएर अनेसासका मणि भएको चर्चा गर्दै अनेसासमा तीर्थ अधिकारीको योगदानको विषयम चर्चा गरेका थिए ।
अनामगरस्थित किम्ची वैंक्वेटको सभा हलमा भएको उक्त कार्यक्रममा अनेसासका निवर्तमान उपाध्यक्ष डा.रेणुका सोलु, अनेसास नेपाल च्याप्टरका निवर्तमान महासचिव ऋषभदेव घिमिरे, वर्तमान महासचिव रञ्जना निरौला, कोषाध्यक्ष कमला रिसाल, च्याप्टरका सदस्य सुचिता काफ्ले, डी आर राई, अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहाल, प्रा।डा। ज्ञाननिष्ठ ज्ञवाली, श्रीबाबु कार्की, मुक्तकालयका अध्यक्ष निलन्जला भारद्वाज, नेपाल मुक्तक प्रतिष्ठानका महासचिव यादव भट्टराई, रचना द्वैमासिकका सम्पादक प्रतीक घिमिरे, सुधीर घिमिरे, अनिलनाथ उप्रेती, नरेन्द्रमान श्रेष्ठ, महेशविक्रम शाहलगायतका साहित्यकारहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।
Trending Now
- Six tourists feared dead after submarine sinks in Red Sea
- Canadian Prime Minister Carney says all old ties with the US are over
- कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु
- प्रदर्शनलाई शान्तिपूर्ण बनाउन राजावादी र समाजवादी मोर्चालाई आग्रह
- शीर्ष दलका प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख :टुंगिएन ओलीले जवाफ दिने विषय
- काठमाडौंमा आज उच्च सुरक्षा सतर्कता
- एकता महाधिवेशन संस्था सुधार गर्ने अवसर हो : उच्चस्तरीय समिति अध्यक्ष घले
- नानीबाबा अधिकारीको “मायामा माया” मुक्तकसंग्रह विमोचन
- आज गणतन्त्रवादी र राजावादीको काठमाडौँमा शक्ति प्रदर्शन
- कर्मनाशा खोलाको बगर नै व्यक्तिको नाममा: ८ जना पक्राउ
Comments are closed.