काठमाडौं । भारतको योट्टा डेटा सर्भिसेसले नेपालको बीएलसी होल्डिङ प्रालिसँग संयुक्त लगानीमा काठमाडौंमा डेटा सेन्टर बनाउने भएको छ।योट्टाले बीएलसीसँगको सहकार्यमा काठमाडौंको रामकोटमा डेटा सेन्टर निर्माण गर्नेछ। आइतबार लगानी सम्मेलनको उद्घाटन सत्रमा डेटा सेन्टर स्थापनाका लागि सम्झौता भएको हो।
बीएलसी होल्डिङ वसन्त चौधरीको कम्पनी हो भने योट्टा भारतको प्रख्यात बहुराष्ट्रिय हीरानन्दानी ग्रुपको सहायक कम्पनी हो।
बीएलसी होल्डिङकी प्रबन्ध निर्देशक मेघा चौधरी र योटा डेडा सर्भिसेस सेन्टरका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले आज सम्मेलनका क्रममा सम्झौता साटासाट गरेका छन्।साढे तीन अर्ब रुपैयाँ लगानीमा निर्माण हुने डेटा सेन्टरमार्फत योट्टा नेपालमा प्रवेश गरेको हो। यसले भारतको डिजिटल सेवा विस्तार गर्ने कम्पनीको लक्ष्यलाई अगाडि बढाएको योट्टाले बताएको छ।
बीएलसी र योट्टाले यो रणनीतिक ‘जोइन्ट भेन्चर’लाई एक ‘अद्वितीय साझेदारी’ भनेका छन्। बीएलसीसँग भएको स्थानीय स्रोत, नियामक सूक्ष्मता र स्थानीय सम्बन्ध तथा ग्राहकको नेटवर्कलाई सदुपयोग गर्ने योट्टाले जनाएको छ।त्यस्तै, योट्टाले विश्वव्यापी विशेषज्ञता, अन्तर्राष्ट्रिय मापदण्ड, उत्कृष्ट अभ्यासहरू, उन्नत प्रविधिमार्फत आफ्नो विशाल प्लेटफर्ममा रहेको हाइपरस्केल र उद्यम ग्राहकहरूसहित फराकिलो बजारमा नेपालको पहुँच बढाउनेछ।योट्टासँग ५ वटा ठूला डाटासेन्टरहरूको पोर्टफोलियो छ, जसमध्ये नवी मुम्बई र ग्रेट नोएडा हाइपरस्केल क्याम्पसहरूका अंश हुन्।
नेपालमा निर्माण हुने डेटा सेन्टरले ४ मेगावाटसम्मको महत्त्वपूर्ण आईटी लोड प्रदान गर्नेछ। आगामी २४ महिनामा यसको निर्माण पूरा हुने अपेक्षा गरिएको छ।सम्झौताअनुसार ‘के वान’ नाम दिइएको यो डेटा सेन्टर करिब ११ रोपनी क्षेत्रफलमा निर्माण हुनेछ। यसले इन्टरप्राइज र हाइपरस्केल दुवै ग्राहकका लागि ‘फ्युचल प्रुफ’ सेवा प्रदान गर्नेछ।टायर थ्री स्टान्डर्डमा निर्माण हुने ‘के वान’ नेपालकै सबैभन्दा ठूलो र पहिलो सुपर क्लाउड डेटा सेन्टर हुनेछ।डाटा सेन्टरलाई मोड्युलर डिजाइनको साथ निर्माण गरिनेछ। यसले उद्योगको अग्रणी अपटाइम, विश्वसनीयता, स्केलेबिलिटी र ग्राहकहरूलाई लचिलोपन प्रदान गर्ने योट्टाले जानकारी दिएको छ।
आइएसओले निर्धारण गरेको मापदण्डको आधारमा डेटा सेन्टरले इन्फरमेसन सेक्युरिटी र डेटा प्राइभेसीमा जोड दिने बताइएको छ।
‘योट्टाले क्षेत्रीयस्तरमै टप टायर डेटा सेन्टर स्थापना गर्ने योजना बनाएको छ। नेपालसँगको सम्झौताले लक्षित बजारसम्म पुग्ने हाम्रो योजनालाई बढावा दिनेछ,’ योट्टा डेटा सर्भिसका सह-संस्थापक तथा सीइओ सुनिल गुप्ताले भने।बीएलसीकी प्रबन्ध निर्देशक मेघा चौधरीले भने रामकोटमा डेटा सेन्टरमा मात्रै नभइ आइसीटी इकोसिस्टम नै तयार गर्ने बताइन्। स्टेट-अफ-आर्ट फिचरमा निर्माण हुने फेसिलिटीको डिजाइन ग्लोबल हाइपर स्केलर्स र एआई विकासका लागि महत्त्वपूर्ण हुनेछ। यो परियोजनाले निर्माण क्षेत्रदेखि उच्च प्राविधिक क्षेत्रसम्मको रोजगारी सिर्जना गर्दै नेपाली जनशक्तिलाई थप दक्ष बनाउने उनको विश्वास छ।उनले भनिन्, ‘यो सहकार्यले नेपालको प्रविधि क्षेत्रमा स्थानीय साझेदारी र नियन्त्रण सुनिश्चित गर्नेछ र नेपालको डेटा सुरक्षाको चुनौतीलाई सम्बोधन गर्नेछ।
Trending Now
- भागवत खनालको निबन्धसंग्रह ‘आत्मबोध’ लोकार्पण
- पारित भयो राष्ट्रिय सभाबाट सर्वसम्मत बैंकिङ कसुर तथा सजाय विधेयक
- आठ महिनामा थपियो २ खर्ब ४१ अर्ब सरकारी ऋण
- Google agrees to pay $28 million in racial discrimination lawsuit
- 372 prisoner-of-war exchange between Russia and Ukraine
- एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्री वितरण
- Emergency declaration in Nigeria
- जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’लोकार्पण
- नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ : गगन थापा
- आजदेखि एसइई सुरु हुँदै, ३७ जना जापानबाट सहभागी हुने
Comments are closed.