काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका जहाजहरूको इन्जिन मर्मत सम्बन्धी छानबिन गर्न समिति बनाएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १८ असारको मन्त्रिस्तरीय निर्णयबाट नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा छानविन समिति बनाएको हो ।निगमले वाइडबडी जहाज ३३० को सी-चेकका लागि इटाली पठाएको छ । न्यारोबडी जहाजको इन्जिन मर्मत गर्न इजरायल पठाएको थियो । यी दुवै निर्णय विवादित भएका छन् ।
यो समितिमा प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमन, एक जना चार्टर्ड एकाउन्टेन्ट, एक जना कानुन विज्ञ रहने गरी तोकिएको छ ।मन्त्रालयका अधिकृत सुवर्णराज भट्टराईलाई सदस्य सचिव तोकिएको छ । समितिले १५ दिनभित्र दुवै जहाजका इन्जिन मर्मतबारे भएका निर्णयहरू अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ ।मन्त्रालयले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पत्र लेखी ए३२० जहाजको इन्जिन मर्मत सम्भार गर्न इजरायल पठाएकोमा त्यसको सबै कागजात, फाइल तथा पत्राचार माग गरेको छ ।
निगमको ए३३० जहाज इटाली पठाउँदाको सम्पूर्ण निर्णय प्रक्रिया तथा निगमको प्रावधान र सोसँग सम्बन्धित कागजात, निर्णय, पत्राचार र इमेल समेत माग गरेको छ ।साथै यी दुई जहाजको इन्जिन मर्मतमा संलग्न अधिकारीहरुको नाम र विवरण समेत मन्त्रालयले माग गरेको छ ।
Trending Now
- MIT-Takeda Program wraps up with 16 publications, a patent, and nearly two dozen projects completed
- Scientists use computational modeling to guide a difficult chemical synthesis
- MIT researchers identify routes to stronger titanium alloys
- MIT engineers find a way to protect microbes from extreme conditions
- More carbon in soil can control weeds, in some cases
- Nepal PM ‘Prachanda’ should resign immediately demands CPN-UML
- Rohit Sharma To Captain India In Champions Trophy & WTC Final In 2025, Confirms Jay Shah
- Save the Children Nepal is well-positioned to cater to needs of more than 10,000 households within 72 hrs of a disaster with ready-to-go humanitarian assistance
- World-Famous Rath Yatra Of Lord Jagannath, Lord Balabhadra, Devi Subhadra, And Lord Sudarshan Begins In Puri
- Death toll rises to 105 after migrant boat capsizes off Mauritania coast
Comments are closed.