सेनाको हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम सकियो

काठमाडौँ । नेपाली सेनाको महासेनानी दर्जाको हायर कमान्ड तथा म्यानेजमेन्ट तालिम सकिएको छ ।नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा ३५ जना महा सेनानी दर्जाका शिक्षार्थी सहभागी सि.सं. १२ हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम आइतबार सकिएको हो ।
तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले नेपालको संविधानले निर्देशित गरे अनुसार नेपाली सेनाको मुख्य जिम्मेवारी राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु रहेको बताए ।यस तालिमले शिक्षार्थी अधिकृतहरूमा राष्ट्रिय सुरक्षामा आउन सक्ने चुनौतीहरूको सामना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

Comments are closed.