२०८० कार्तिक २, अनेसास नेपाल च्याप्टरको आयोजनामा कवि जानुका ढकालको कविता कृति ” झरीको किरण ” माथि छलफल तथा हिन्दूहरूको महान चाड विजया दशमी ,तिहार,नेपाल सम्वतको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ।
नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीअध्यक्षतामा सम्पन्न गरिएको थियो .उक्त कार्यक्रममा कार्यक्रमका अधक्ष र प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठान काव्य विभाग प्रमुख बाबा बस्नेतले बिरुवामा जल हालेर शुरुआत गरिएको उक्त कार्यक्रममा
प्रमुख वक्ता डा. दामोदर पुडासैनी किशोर र समालोचक लीला लुइँटेल रहनुभएको थियो। पुडासैनीले कवितालाई सस्तो नबनाई गम्भीर भएर लेख्न र सुनाउन लेखकहरूलाई अनुरोध गर्नु भएको थियो । कृतिमाथि भूमिका पनि लेखी सकेको हुँदा पुस्तकमा पढ्न आग्रह गर्दै चाडको शुभकामना पनि दिनु भएको थियो ।
कार्यक्रममा कवि जानुकाले लेखकीय मन्तव्य सहित रचना वाचन गर्दा भावुक बनेकी थिइन् । जानुका अमेरिकाको न्यूयोर्क च्याप्टरकी सदस्य हुनुहुन्छ।
वक्ताहरूले कृतिभित्र बोलेपछि शुभकामना व्यक्त गर्नेहरू समालोचक लीला लुइँटेल ,अनेसास नेपाल च्याप्टर सदस्य शान्ति रिसाल,अनेसास बोस्टन च्याप्टर अध्यक्ष महेश्वर पन्त,केन्द्रीय महासचिव विमला निरौला ,गणेश खड्का ,अनेसास केन्द्रीय उपाध्यक्ष डा रेणुका सोलु,अनेसास तारा अधिकारी,अनेसास नेपाल च्याप्टर पूर्व अध्यक्ष सन्ध्या पहाडी ,अनेसास अफ्रिकाको अध्यक्ष कृष्णदत्त भट्ट ,केन्द्रीय सल्लाहकार सावित्री मल्ल कक्षपति रहेका थिए ।
उपस्थित साहित्यकारहरू : अनेसास नेपाल च्याप्टर पूर्व उपाध्यक्ष दिव्य गिरी, जयदेव भट्टराई , तुलसीहरि कोइराला , रमेश दाहाल , मनिला वन्त, अनु शाह, एलिना वस्ती, शान्ता बस्नेत, इन्दिरा ढकाल , सरिता अर्याल , रेणुका भट्टराई , हिरण्यलाल ज्ञवाली , सुशीला खड्का हसिना,अनेसास केन्द्रीय सदस्य सरिता अर्याल।
केन्द्र र च्याप्टरको बाक्लो उपस्थित रहेको थियो । कार्यक्रममा कृतिकारलाई सम्मान गरिएको थियो ।
कार्यक्रम सञ्चालन अनेसास नेपाल च्याप्टरका महासचिव रन्जना निरौलाले गर्नुभएको थियो ।
Trending Now
- US stock markets fall sharply after Trump’s announcement of global import tariffs
- बजगाईंको उपन्यास ‘नीलो प्रेम’ सार्वजनिक
- गजेन्द्रमोज्ञनारायण–मुक्तिनाथ रथयात्रा टोली म्याग्दीमा
- BIMSTEC Summit Begins
- युवाहरूमा लोकप्रिय बन्दै ‘आइटी कोर्ष’
- युएसएआइडीको सहयोग नआउँदा रोकियो सूक्ष्म पोषण सर्वेक्षण कार्यक्रम
- कुलमानलाई दिएन सर्वोच्चले अन्तरिम आदेश, हितेन्द्रलाई काम गर्न बाटो खुल्यो
- प्रधानमन्त्री ओली र म्यान्मारका प्रधानमन्त्री हलिङबीच भेटवार्ता
- देशभरका लघुवित्त पीडित पनि काठमाडौंमा, सुरु गरे आन्दोलन
- Meeting between Prime Minister Oli and Sri Lanka’s Prime Minister
Comments are closed.